-सुदिप अधिकारी
धादिङ/ १३ साउन
राष्ट्रिय युवासंघ नेपाल धादिङको बैठकले उपाध्यक्ष र सहसचिवमा पाठक र गिरीलाई जिम्मेवारी दिएको छ ।
शनिबार धादिङबेसीमा सुनिल तामाङको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी तोकेको हो ।
युवाहरुको जिम्मेवारी र भूमिका बारे छलफल गरिएको बैठकमा रिक्त रहेको उपाध्यक्षमा किरण पाठक र सहसचिवमा बिमला गिरीलाई जिम्मेवारी दिएको राष्ट्रिय युवासंघ नेपाल धादिङका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो ।
—