कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी

कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 257
    SHARES
कतार पुलिसमा जागिरको प्रलोभन दिएर ६९ लाख ठगी

काठमाडौं, ३१ व‌ैशाख

वैदेशिक रोजगारीको लागि कतारमा पठाइदिन्छु भन्दै एक जनाले ६९ लाख रुपैयाँ ठगी गरेका छन् ।

ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका १० थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बूले वैदेशिक रोजगारीको लागि कतार पठाउने प्रलोभनमा ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार उनले कतार पुलिसको जागिरको लागि कतार पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेका थिए । उनले प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बूले १ लाख भन्दा बढी तलव हुने विश्वास दिलाई, प्रलोभनमा पारी उनीहरूबाट पटक–पटक गरी ६९ लाख रूपैयाँ लिएका थिए । रकम उठाएर उनी सम्पर्कविहीन बनेका थिए ।

उनलाई धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar