स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १९, २०८०

  • 151
    SHARES
स्मार्ट टेलिकमले प्राधिकरणलाई बुझाएन आफ्नो सम्पत्ति, भोलि कब्जामा लिने तयारी

काठमाडौं । नवीकरण गराउन नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको सूचना प्रकाशित भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकणले लाइसेन्स खारेज भएको १५ दिनपछि मङ्गलबार मात्रै यस्तो सूचना जारी गरेको हो ।

सूचनामा नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको उल्लेख छ । “साथै उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न हुन समेत सूचित गरिएको छ,” सूचनामा भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar