मानवबेचविखन र ओसारपसार आरोपित ७ जना थुनामा राख्न आदेश

मानवबेचविखन र ओसारपसार आरोपित ७ जना थुनामा राख्न आदेश

  • Biratpati News

  • शुक्रबार, चैत्र २४, २०७९

  • 176
    SHARES
मानवबेचविखन र ओसारपसार आरोपित ७ जना थुनामा राख्न आदेश

धादिङ । २४ चैत
मानव बेचविखन, ओसारपासार तथा संगठित अपराधको आरोप लागेका ७ जनालाई जिल्ला अदालतले  पुरपक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
जिल्ला न्यायधिस स्कृति पराजुलीकोआदेशले सबै आरोपितको बयान, घटना प्रकृति, पीडित पक्षको बयान, अदालतमा पेश भएका सबुद आदीकोआधारमा आरोपितहरुलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश गरिएको हो ।
जिल्ला अदालत धादिङमा यस घटनाबारे जानकारी लिनका लागि पीडित पक्ष, अधिकारकर्मी र नागरिकसमाजका अगुवाहरु पुगेका थिए। धेरैजना आरोपित रहेको, अधिवक्ताहरु धेरैभएपछि आरोपितहरुको बयान तथा थुनछेक बहस लामो हँदा अदालतले २ दिन लगाएर आदेश गरेको थियो ।
धादिङ स्थित मामाघरमा बस्दै आएकि एक १६ वर्षीया एकजना बालिकालाई धादिङबाट भारतमा लगि विक्रि गरेर पुजापाठ गरि राखेको ठाउँबाट प्रहरीले उद्धार गरेको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गिता न्यौपानेलाई माघ १५ गते, सोहीस्थानका ३९ वर्षीया कल्पना आलेमगरलाई माघ १५ गते, २१ वर्षीया सोनिका नेपालीलाई माघ १६ गते, सोलुखुम्बु जिल्ला सल्लेरीकी ३३ वर्षीया कमला परियाारलाई माघ १५ गते, त्रिपुरासुन्दरी गाउँपालिका–१ का ३९ वर्षीय कोपिल दमै (परियार) लाई माघ १५ गते, भारतीय नागरिक ३२ वर्षीया कविता बाँनियाँ आचार्यलाई माघ १९ गते र बलराम भन्ने रुपेन्द्र अधिकारीलाई फागुन ५ गते गिरफ्तार गरिएकोमा जिल्ला अदालतका न्यायधिस स्वीकृति पराजुलीको इजलासले मंगलबार पुरपक्षका लाग थुनामा पठाउने आदेश गरेको छ ।
धादिङ मामाघरमा बस्दै आएकि बालिकालाई भारत पु¥याएर बन्धक बनाई राखेको अवस्थामा भारतको नयाँदिल्लीको मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले ०७९ माघ १७ गते उद्धार गरेर १९ गते नेपाल ल्याएको थियो ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय धादिङ, दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी, किन इन्डिया लगायत संस्थासँगको सहकार्यमा उद्धार गरिएको थियो।
पीडित बालिका ०७९ मङ्सिर १७ गतेदेखि धादिङस्थित मामा घरबाट हराएकी थिईन् । लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङले माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरि खोजी सुरुगरेको थियो ।
आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए । सोही क्रममा आरोपितले बालिकालाई पुस १९ गते पुन धादिङमा नै लगेर बालिकाको उचाई, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला (मिन्स) नभएको जाँचबुझ गरेर पुस १९ गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याएको थियो । मुद्दा माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा आोसारपसाररसंगठित अपराधमा दर्ता गरिएको थियो।

पीडित बालिकालाई नयाँ दिल्ली पुर्याएपछि एउटा तान्त्रिक बाबाकोमा ३ पटक, अर्को तान्त्रिक बाबाकोमा २ पटक, एक बाबाकोमा १ पटक लगिएको थियो । पुर्णिमाको दिनमा भेट्न ठिक्क पारिएको बालिकालाई पहिल्यै उद्धार गरिएकोले जीवन जोगाउन सकिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
नेपालबाट भारत लगिएकाहरुलाई शरिरमा खत टाटु हुन नहुने, उचाई ५ फिट ३ ईन्च, तौल ५० देखि ६० किलोग्राम हुनुपर्ने, नापजाँच गरेको खिचेर तान्त्रिक बाबालाई पठाउने गरिएको भिडियो समेत प्रहरीले बरामद गरेको थियो ।
गरिब तथा अभिभावक नभएकाहरुलाई फकाएर लगिएपछि नुहाई धुवाई गरेर तान्त्रिक बाबाकोमा पुजा गरेपछि मागेजति पैसा पाईने भनेर बालिहरुलाई लाने गरेको पाईएको छ । मनग्गे पैसा बाबाको चमत्कारले पुजा कोठामा पाईएको भिडियो समेत बालिकाहरुलाई देखाएर लाने गरेको पाईएको छ । प्रहरीले आरोपितहरुबाट भिडियो, मोवाईल समेत बरामद गरेकोथियो ।
मानव बेचविखन गर्ने गिरोह नेपाल र भारतमा संगठित रुपमा परिचालन भएको देखिएको र यस बाहेक पनि अन्य युवतीलाई भारतमा लाने गरेको तथ्यहरु फेला परेकोले भारतमा समेत अपराधी हरु खोजि गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाइ छ ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar