पत्रकारमहासंघ र शिवदल गजुरी बिच मैत्रीपूर्ण फुटबल

पत्रकारमहासंघ र शिवदल गजुरी बिच मैत्रीपूर्ण फुटबल

  • रामहरी थापा

  • आइतवार, फाल्गुन ४, २०८१

  • 71
    SHARES
पत्रकारमहासंघ र शिवदल गजुरी बिच मैत्रीपूर्ण फुटबल

धादिङ ।

सेना दिवसको अबसरमा नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरी बिच आइतबार गजुरीमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।
सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाउने उद्येश्यले संचालन गरिएको फुटबल खेलमा नेपाली सेनाको शिलदल गण र नेपाल पत्रकार महासंघ बीच भएको मैत्रीपूर्ण फुटबलमा शिवदल गणले २ गोल गरेको थियो भने पत्रकार महासंघले १ गोल गरेका थिए ।
भातृत्व, प्रेम र सहकार्य गर्नका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुटबलमा सँधै कलम समातेर समाचारमा अक्षर बुन्नेहरु आइतबार फुटबललाई आफ्नो नियन्त्रणमा राख्न व्यस्त थिए । एकघण्टाको खेलको पहिलो हापमा नेपाली सेनाले एक गोल गरेको थियो भने दोश्रो हापमा नेपाल पत्रकार महासंघ र नेपाली सेनाले एक एक गोल गरेर खेल सकिएको थियो ।
मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, सचिव सन्तोषराज श्रेष्ठ, लगायतको टोली सहभागि थियो ।
मैत्रीपूर्ण फुटबल पछि प्रमुख नेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता गर्नुभयो । नेपालपत्रकार महासंघका अध्यक्ष अधिकारीले नेपाली सेना र पत्रकारले एक आपसमा सहकार्य गर्दै देशप्रति मायाँ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar