कबड्डीकाे उपाधी धादिङ टाइटन्स् क्लबले जित्याे

कबड्डीकाे उपाधी धादिङ टाइटन्स् क्लबले जित्याे

  • Kandara Samachar

  • मङ्लबार, साउन १, २०८१

  • 126
    SHARES
कबड्डीकाे उपाधी धादिङ टाइटन्स् क्लबले जित्याे

धादिङबेसी ।
सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्स क्लब द्धारा आयोजित सुपर लिग कबड्डी प्रतियोगीता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा धादिङ टाइटन्स क्लब ए प्रथम र धादिङ टाइटन्स बि द्धितिय भएका छन ।
प्रतियोगितामा थाँक्रे कबड्डी क्लब र विल्केश्वर युवा क्लब तृतिय भएका छन ।
प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी बिपिन तामाङ थाँक्रे कबड्डी क्लब‚ उत्कृष्ट रेडर प्रमोद श्रेष्ठ धादिङ टाईटन्स क्लब ए‚ उत्कृष्ट डिफेन्डर जिवन श्रेष्ठ‚ उत्कृष्ट अलराउन्डर बिशाल सापकोटा र उदयमान खेलाडी नबिन गुरुङ धादिङ टाईटन्स बि लाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
क्लबका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा भएकाे पुरस्कार वितरण समाराेहमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar