देउराली मावि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ

देउराली मावि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ

  • Kandara Samachar

  • सोमवार, बैशाख ३१, २०८१

  • 226
    SHARES
देउराली मावि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ

रामहरी थापा/धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा रहेको देउराली मा.वि सिताेरियाे कराँते डाेजाेकाे प्रथम ग्रेडिङ सम्पन्न भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष रमेश काेईरालाकाे अध्यक्षतामा र धादिङ जिल्ला सिताेरियाे कराँते डाेजाेकाे प्रमुख प्रशिक्षक भिम बहादुर गुरुङकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा कराँते प्रशिक्षकहरु शेर बहादुर तामाङ, अनिल बराईली,रमेश कुमार श्रेष्ठ विद्यालय व्यवस्थापन समितिका सदस्यहरू , शिक्षक एवं अभिभावककाे उपस्थित रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलबहादुर धमलाले जानकारी दिनुभयाे ।
देउराली मा.वि. सितोरियो कराँते डाेजाेका प्रशिक्षक सुदिप श्रेष्ठले सहजिकरण गर्नुभएकाे कार्यक्रममा ३० जना विद्यार्थिले प्रथम जुनियर ग्रेडिङ सम्पन्न गरेका छन् । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गुरुङले सबै खेलकाे आधारभुत जग कराँते रहेकाे र खेलले मानिसलाई अनुशासनमा राख्न, स्वस्थ रहन र शारीरिक तन्दुरुस्तीको लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे ।
कार्यक्रममा प्रदेश स्तरिय खेलाडी रितु खड्का, रिदिमा खड्का, साजन घले र सचिन तामाङकाे जाेडिले स्पाईरिङ (काता) प्रस्तुत गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar