सुदूरपश्चिमका मुख्यमन्त्री सोदारिलाई राजीनामा दिन कांग्रेस-एमालेको माग

सुदूरपश्चिमका मुख्यमन्त्री सोदारिलाई राजीनामा दिन कांग्रेस-एमालेको माग

  • Kandara Samachar

  • सोमवार, असार २५, २०८१

  • 17
    SHARES
सुदूरपश्चिमका मुख्यमन्त्री सोदारिलाई राजीनामा दिन कांग्रेस-एमालेको माग

धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन माग गरेका छन् ।

आइतवार कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेको हो । केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ ।

 

 

कांग्रेस-एमालेको विज्ञप्तिमा भनिएको छ- ‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्ति मार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ । बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न र नगराउन समेत आग्रह गर्दछौं ।’

एमाले माओवादी नेकपा एकीकृत समाजवादी नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar