महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

  • Kandara Samachar

  • आइतवार, बैशाख ३१, २०८०

  • 182
    SHARES
महोत्तरीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

महोत्तरी, ३१ वैशाख

महोत्तरीको एकडाराबाट प्रहरीले हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी जिल्ला वाजोपट्टी घर भएका २६ वर्षीय पप्पु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एकडारा गाउँपालिका-४ हल्खोरी बजारबाट यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले निजको साथबाट पेस्तोल एक थान र सोमा लाग्ने पाँच थान गोली रितपूर्वक बरामद गरेको हो । प्रहरी नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।



सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar