डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)

डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)

  • Kandara Samachar

  • बुधबार, जेष्ठ ३, २०८०

  • 204
    SHARES
डिजेलको मुल्य घटेसँगै सार्वजनिक यातायातको पनि घटयो भाडा (सुचीसहित)

काठमाडौं, ३ जेठ ।  डिजेलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य पनि घटेको छ ।

 

यातायात व्यवस्था विभागतका अनुसार जेठ २ गते रातीवाट डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार घटाईएको हो ।

 

यात्रुवाहक सवारीमा ३.२ प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको यातायाता ब्यवस्था बिभागले जनाएको छ ।

 

नेपाल आयाल निगमले आजवाट लागु हुने गरी डिजेल र मट्टितलको मुल्य घटाएकाे थियाे ।  निगमका अनुसार आजवाट डिजेल र मट्टितेलको १० रुपैयाँ मुल्य घटेको छ ।

 

ईन्डियन आयाल कर्पोरेशन लिमिटेडले १६ मे २०२३ देखी लागु हुने गरी मुल्य घटेर आएको भन्दै आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएर १५५÷– रुपैयाँ कायम गराएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो ।

 

तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मुल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ । जसअनुसार पेट्रोल १७५ रुपैया, हवाई इन्धन (आन्तरिक) १६० रुपैया, हवाई इन्धन (बाहय) १.३५ अमेरिकन डलर, एलपी ग्याँस १८ सय रुपैँया कायमै रहेको निगमले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar