नेकपा एमाले गजुरी अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत : एमालेका कारण गठबन्धन नभत्किने दावी

नेकपा एमाले गजुरी अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत : एमालेका कारण गठबन्धन नभत्किने दावी

  • Kandara Samachar

  • शनिबार, बैशाख २९, २०८१

  • 256
    SHARES
नेकपा एमाले गजुरी अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत : एमालेका कारण गठबन्धन नभत्किने दावी

रामहरि थापा/धादिङ ।
नेकपा एमाले गजुरीकाे अध्यक्षमा रामचन्द्र मिजार सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
पालिका कमिटीको दोस्रो अधिवेशनले मिजारको अध्यक्षतामा ४८ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा विष्णु श्रेष्ठ, सचिवमा ईन्द्र बहादुर अधिकारी, उप-सचिवमा रामहरि थापा र कोपिला सिलवाल सर्वसम्मत निर्वाचित हुनुभयाे ।
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बिदेश बिभाग प्रमुख राजन भट्टराईले उद्घाटन गर्नुभएकाे अधिवेशनलाई नेकपा एमाललेका केन्द्रिय सदस्यधर्मदत्त देवकाेटा, जानुका सिम्खडा, एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कडेल लगाएतले शुभकामना प्रकट गर्नु भएको थियो ।
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बिदेश बिभाग प्रमुख राजन भट्टराईले नेकपा एमालेका कारण यो सत्ता समिकरण नबिग्रने बताउनु भएको छ ।
नेकपा एमाले गजुरी गाउँपालिका कमिटिको दोस्रो गाउँ अधिबेशनलाई प्रमुख अतिथिको अासनबाट सम्बोधन गर्दै स्थायी कमिटि सदस्य भट्टराईले सत्ता समिकरण बिग्रन नदिनको लागि नेकपा एमालले पहल गर्दै राष्ट्रिय समस्याको रुपमा रहेको ओरालो गतिको अर्थतन्त्रलाई सहि ट्रयाकमा ल्याउन पहल गर्ने बताउनु भयो ।

हाल चौतर्फी रुपमा भ्रष्टाचार बढेकोलेले यसलाई रोक्नको लागि सरकार लाग्नुपर्ने उहाँको जोड छ । यस अघि निर्वाचन हार्नुमा गठबन्धन मात्र नभईकन पार्टी कार्यकर्ताको पनि दोस भएकोले यसलाई सुधार गरेर अघि बढ्न कार्यकर्ताहरुलाई भट्टराईले आह्वान गर्नु भयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ ईन्चाज धर्मदत्त देवकोटाले अधिबेशनलाई सम्बोधन गर्दै धादिङको पार्टी निर्माणको काम एकता बद्ध र बिधि सम्मत ढङ्गले भएको बताउदै संङगठन निर्माणमा धादिङबाट अरु जिल्लाले पनि पाठ सिक्नुपर्ने बताउनु भयो ।
नेतृत्व निर्माणमा सकेसम्म समझदारी गर्ने, समझदारी नभए कार्यकर्ताले नेतृत्वले चुन्ने, पार्टी सदस्यता लगाएतका बिषयमा बिधिसम्मत भएको देवकोटाको जोड छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar