आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

  • Kandara Samachar

  • शनिबार, पुस २३, २०७९

  • 259
    SHARES
आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

पोखरा
आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो ।
संकटा क्लबलाई बिजयी गराउन सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।
निर्धारित समयमा खेल बराबरीमा गएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटा क्लबका कप्तान सुनिल बलले गोल गर्दै जित सुनिश्चित गराए । प्रतिस्पर्धात्मक बनेको खेल हेर्न पोखरा रंगशालामा दर्शकको खचाखच थियो ।
प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सहारा क्लबले आयोजना गर्दै आएको आहारारा गोल्डकपको नाम यसै बर्षै देखि आहारारा पोखरा गोल्डकपको रुपमा परिर्वतन गरिएको थियो भने पुरस्कार राशी पनि दुई लाखले वृद्धि गरिएको थियो ।
संकटाका कप्तान सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन भने संकटाकै आयुष घलानलाई उत्कृष्ट मिडफिल्डर घोषित गरिएको छ । त्यस्तै संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बनेका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar