गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न बागमती सरकारको सहमति

गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न बागमती सरकारको सहमति

  • Kandara Samachar

  • बुधबार, भदौ ३, २०८३

  • 50
    SHARES
गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न बागमती सरकारको सहमति

विषम श्रेष्ठ/ धादिङ

धादिङकाे गाउँपालिकालाई ‘बालमैत्री स्थानीय शासन’ घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेको छ।

याे बालमैत्री स्थानीय शासन भएकाे जिल्लाकाे पहिलाे पालिका हुदैछ ।

बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरेको हो।

गल्छी गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयबाट पत्राचार गर्दै बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक कागजातसहित प्रदेश सरकारसँग सहमति माग गरेको थियो। गाउँपालिकाको च.नं. १९९९, मिति २०८३/०२/०४ को पत्रका आधारमा प्रदेश सरकारले प्रक्रिया अघि बढाएको जनाएको छ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७५ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ बमोजिम गठित प्रदेशस्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदनसमेतका आधारमा गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरिएको प्रदेश सरकारको पत्रमा उल्लेख छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत रघुनाथ लामिछानेले हस्ताक्षर गरेको पत्रमा प्रदेशस्तरीय अनुगमन समितिको प्रतिवेदन र आवश्यक कागजातका आधारमा सहमति प्रदान गरिएको जनाइएको छ।

प्रदेश सरकारको सहमतिसँगै गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रक्रिया थप औपचारिक रूपमा अघि बढ्ने भएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा बालमैत्री वातावरण निर्माणका सूचकहरू पूरा गरेपछि स्थानीय तहलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने व्यवस्था छ।

प्रदेश सरकारको पत्रमा सहमति प्रदान गरिएको व्यहोरा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बोधार्थ पठाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar