पहिरो पन्छाएपछि ७ किलोमा यातायात सञ्चालन

पहिरो पन्छाएपछि ७ किलोमा यातायात सञ्चालन

  • Kandara Samachar

  • शुक्रबार, साउन २९, २०८३

  • 38
    SHARES
पहिरो पन्छाएपछि ७ किलोमा यातायात सञ्चालन

धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित ७ किलोमा पहिरो पन्छाएपछि यातायात सेवा सामान्य बनेको छ।

गएराति पहिरो खसेपछि अवरुद्ध भएको सडकमा बिहानैदेखि पहिरो हटाउने काम गरिएको थियो। पहिरो हटाएसँगै राजमार्गमा काठमाडौं जाने र आउने दुवैतर्फका सवारीसाधन सञ्चालनमा आएका छन्।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार सडक खुले पनि राजमार्गमा सवारीसाधनको चाप रहेको छ। सवारीसाधनको चाप व्यवस्थापन गर्न प्रहरीले चालकलाई लेन अनुशासन कायम राख्न र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। सडकमा यात्रा गर्दा सम्भावित पहिरो तथा सडक अवरोधप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन प्रहरीले यात्रु तथा चालकलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar