थाेपल ड्यामबाट बगेका घलेकाे मृत्यु

थाेपल ड्यामबाट बगेका घलेकाे मृत्यु

  • Kandara Samachar

  • बुधबार, साउन २७, २०८३

  • 140
    SHARES
थाेपल ड्यामबाट बगेका घलेकाे मृत्यु

धादिङ ।

धादिङबेसीस्थित थोपल खोलामा बगेर १८ वर्षीय नरेश घलेको मृत्यु भएको छ।

रुविभ्याली गाउँपालिका–३ घर भएका घले बुधबार दिउँसो नीलकण्ठ नगरपालिका क्षेत्रमा पर्ने थोपल खोलाको कुडुलेस्थित ड्यामबाट बगेका थिए।

ड्यामबाट बगेका घलेलाई खोजी गर्ने क्रममा खोलाको पुछार बजार बसपार्क नजिकै फेला पारिएको प्रहरीले जनाएको छ। उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले घलेलाई मृत घोषणा गरेका हुन्।

घटना कसरी भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar