गल्छीमा अपाङ्गता भएका ४४ जनालाई  व्यक्तिका लागि बीउपुँजी वितरण

गल्छीमा अपाङ्गता भएका ४४ जनालाई  व्यक्तिका लागि बीउपुँजी वितरण

  • Kandara Samachar

  • सोमवार, असार १५, २०८३

  • 53
    SHARES
गल्छीमा अपाङ्गता भएका ४४ जनालाई  व्यक्तिका लागि बीउपुँजी वितरण

धादिङ

बागमती प्रदेश सरकार र गल्छी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत मागमा आधारित बीउपुँजी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममार्फत ४४ जना लाभग्राहीलाई जनही १० हजार रुपैयाँका दरले   बीउपुँजी सहयोग प्रदान गरिएको हो। उक्त सहयोग चिया पसल सञ्चालन, खोर सुधार, बाख्रा पालन, ब्याड बोका खरिद, च्याउ खेती तथा टनेलमार्फत तरकारी खेतीजस्ता आयआर्जनमूलक कार्यका लागि उपलब्ध गराइएको गल्छी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुजिना श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार प्राप्त सहयोग केवल आर्थिक सहायता मात्र नभई लाभग्राहीहरूको आत्मनिर्भरता र उद्यमशील यात्राको सुरुवात गर्ने अवसरका रूपमा रहेको छ। “यस सहयोगको सही सदुपयोग गरी सहभागीहरूले आफ्नो आयआर्जन वृद्धि गर्दै जीवनस्तर सुधार गर्न सफल हुनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ,” उहाँले बताउनुभयो।

कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा उपाध्यक्ष भाइकाजी तिवारीले लाभग्राहीहरूलाई बीउपुँजी तथा आवश्यक सामग्री वितरण गर्नुभएको थियो।

स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र सामाजिक सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar