स्वराेजगार गराउन बेनिघाटमा वारिस्ता तालिम

स्वराेजगार गराउन बेनिघाटमा वारिस्ता तालिम

  • Kandara Samachar

  • मङ्लबार, असार ९, २०८३

  • 49
    SHARES
स्वराेजगार गराउन बेनिघाटमा वारिस्ता तालिम

धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा तथा पोस्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयको सहजीकरणमा सञ्चालन गरिएको ३९० कार्यघण्टाको बारिस्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा सहभागीहरूले कफी तयारी, ग्राहक सेवा, कफी मेसिन सञ्चालन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावहारिक सीप हासिल गरेका छन्। तालिमले सहभागीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै स्वरोजगार र उद्यमशीलताका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने तथा स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। तालिम पूरा गरेका सहभागीहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जन र उद्यम विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ र उपाध्यक्ष टापबहादुर श्रेष्ठले सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँहरूले सीपसँगै आत्मविश्वास र उद्यमशील सोच विकास गर्दै आर्थिक रूपमा सशक्त बन्न युवाहरूलाई प्रेरित गर्नुभयो।

स्थानीय सरकार र प्राविधिक शिक्षालयबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमले युवाहरूको क्षमता विकास र आर्थिक सशक्तीकरणमा सकारात्मक टेवा पुर्‍याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar