रुबिभ्याली पाँच वडाका ३६ खानेपानी स्रोतमा झाडापखाला जीवाणु फेला,

रुबिभ्याली पाँच वडाका ३६ खानेपानी स्रोतमा झाडापखाला जीवाणु फेला,

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ २६, २०८३

  • 50
    SHARES
रुबिभ्याली पाँच वडाका ३६ खानेपानी स्रोतमा झाडापखाला जीवाणु फेला,

✍️ सीताराम अधिकारी/धादिङ ।

रुबिभ्याली गाउँपालिकाका विभिन्न वडामा सञ्चालित ३८ वटा खानेपानी स्रोतहरूको पानीको गुणस्तर परीक्षण गर्दा ३६ खानेपानी श्राेतमा झाडापखालाका जिवाणु फेला परेकाे छ ।

रुबिभ्याली गाउँपालिका  वडा नम्बर ३ सेर्तुङ मा रहेको लुखुम खानेपानी योजना, वडा नं. ५ मा रहेको बामचेत लापा खानेपानी योजना, वडा नं. –४ मा रहेको छोप्ता खानेपानी योजना, वडा नं. –४ मै रहेको राहोखोला खानेपानी योजना, वडा नं. –३ मा रहेको आवाइ खानेपानी योजना,वडा नं. –२ मा रहेको सेक्रे खानेपानी योजना, वडा नं. –२ मै रहेको दोङ्देन खानेपानी योजना,वडा नं. –२ मा रहेको रुमाङ खानेपानी योजनाकाे जैविक परीक्षणमा इ.कोली र कोलिफर्म भेटिएकोले यो योजनाको पानी पिउन अयोग्य ठहरिएको पानी परिक्षणपछि उपभोक्तालाई दिइएकाे पानी परक्षण प्रतिवेदनमा उल्लेख छ ।

परीक्षण प्रतिवेदन अनुसार ३८ मध्ये ३६ नमुनाहरुमा पानीका भौतिक तथा रासायनिक सूचकहरू राष्ट्रिय मापदण्डभित्रै रहेका छन्। पीएच ६.५, टर्बिडिटी ५ NTU, TDS अधिकतम ८५ mg/l, क्लोराइड अधिकतम ७०.५६ mg/l — यी सबै तोकिएको सीमाभन्दा कम छन्। तथापि जैविक परीक्षणमा सबैमा इ.कोली र कोलिफर्म भेटिएको छ जसको मापदण्ड शून्य हुनुपर्नेछ। इ.कोलीको मात्रा सबैभन्दा बढी रुमाङ योजनामा २१४, दोङ्देनमा १८०, छोप्तामा १३२ र लुखुममा १०० CUF/100ml रहेको छ भने राहोखोला र आवाइ योजनामा इ.कोली TNTC अर्थात् गण्य नहुने गरी अत्यधिक मात्रामा पाइएको छ।

विशेषज्ञहरूका अनुसार पिउने पानीमा इ.कोली र कोलिफर्म जीवाणुको उपस्थितिले पानी मानव वा पशुको मलमूत्रजन्य प्रदूषणबाट संक्रमित भएको संकेत गर्दछ। यस्तो पानी सेवनले झाडापखाला, बान्ता, पेट दुख्ने, टाइफाइड, हेपाटाइटिस ए तथा इ, डिसेन्ट्री लगायतका संक्रामक रोगहरू फैलिन सक्ने जोखिम रहन्छ। बालबालिका, सुत्केरी आमा, वृद्धवृद्धा तथा कमजोर रोगप्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा यस्तो प्रदूषित पानीको असर अझ गम्भीर हुन सक्ने भएकाे पानी सुद्बििकरण गरेरमात्र पिउनुुपर्ने देखिएकाे पानी परिक्षणमा सम्ललग्न शान्ति नेपालका परियाेजना व्यवस्थापक इन्द्रमान शाक्यले बताउनुभयाे ।

 

परियोजनाले स्थानीय उपभोक्तालाई तत्कालका लागि पानी कम्तीमा पाँच देखि दश मिनेट उमालेर मात्र पिउन, उपयुक्त फिल्टर प्रयोग गर्न तथा आवश्यकता अनुसार क्लोरिन ट्याब्लेट वा अन्य जल शुद्धीकरण सामग्रीको उपयोग गर्न अनुरोध गरेको छ।

दीर्घकालीन समाधानका लागि खानेपानी स्रोतहरूको नियमित परीक्षण, स्रोत संरक्षण र व्यापक सरसफाइ अभियान सञ्चालन गर्नु अत्यावश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड (NDWQS) २०२२ अनुसार पिउने पानीमा यी जीवाणुको उपस्थिति शून्य हुनुपर्नेमा परीक्षण गरिएका सबै योजनाका पानीमा मापदण्डभन्दा बढी मात्रामा प्रदूषण पाइएको हो।

सेचेन करुणाको आर्थिक सहयोगमा सञ्चालित उक्त परीक्षण शान्ति नेपाल वाटर क्वालिटी टेस्ट मिनी ल्याबद्वारा गरिएको हो।

३८ ओटा नमुनाहरुबाट पानी संकलन गरि धादिङबेसी ६ घण्टामा लगि परीक्षण गरिएकाे र ३६ नमूनाका पानी पिउन अयाेग्य देखिएकाेले गाउमा सचेतनासंगै सफाई अभियान चलाउनुपर्ने देखिएकाे सेचेन करुणाका युएन तामाङले बताउनुभयाे ।

रुबीभ्याली गाउँ पालिकाकाे १, २, ३, ४ र ५ नम्बर वडाका याेजनाहरुकाे पानी परिक्षण गरिएकाेमा परिक्षण प्रतिवेदनकाे१० दिन हुदापनि गाउँ पालिकामा प्रतिवेदन नआएकाे गाउँ पालिकाले जनाएकाे छ ।

पानी परिक्षणमा गाउँपालिकाकाे वडा नम्बर ६ बाहेर सबै वडाकाे परिक्षण गरिएकाे पानीकाे परिक्षण जानकारी जिल्ला जनस्वास्थ्य कार्यालयमा समेत आधिकारिक नआएकाे जिल्ला जनस्वास्थ्य कार्यालय सूचना अधिकारी ताेया छत्कुलीले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar