अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण

अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २०, २०८३

  • 34
    SHARES
अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण

अग्रज पत्रकार राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण

धादिङ

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले अग्रज पत्रकार स्वर्गीय राजेन्द्रप्रताप शाहको अर्धकद शालिक अनावरण गरेको छ।

महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्षसमेत रहेका शाहको स्मृतिमा निर्माण गरिएको शालिक विशेष कार्यक्रमका बीच अनावरण गरिएको हो।

वि.सं. २०१७ वैशाखमा धादिङको मैदी मा जन्मिएका शाह धादिङ पत्रकारिताका अग्रणी व्यक्तित्वमध्ये एक मानिन्थे। उनले नेपाली पत्रकारिताको प्रतिष्ठित सञ्चारमाध्यमहरू गोरखापत्र, कान्तिपुर दैनिक र हिमालय टाइम्स लगायतमा लामो समयसम्म पत्रकारिता गरेका थिए।

धादिङकै पहिलो फोटो पत्रकारका रूपमा परिचित शाह पछिल्लो समय पिजन खबर डटकम का प्रबन्ध निर्देशकको जिम्मेवारीमा कार्यरत थिए। पत्रकार शाहको २०७८ चैत २ गते राति निधन भएको थियो।

शालिक अनावरणपछि आयोजित सभालाई सम्बोधन गर्दै साम्सद बाेध नारायण श्रेष्ठले स्वर्गीय शाहको पत्रकारिता यात्रा, सामाजिक योगदान र जिल्लाको सूचना प्रवाहमा पुर्‍याएको भूमिकाको स्मरण गरे। उनले शाहले निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए। सांसद श्रेष्ठ र शाह दुवै ज्वालामुखी गाउँपालिकाका बासिन्दा हुन्।

नेपाल पत्रकार महासंघ धादिङले यसअघि महासंघका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्मा को शालिक पनि सोही परिसरमा स्थापना गरिसकेको छ। वर्माको शालिक रहेको स्थानमै शाहको अर्धकद शालिक थप गरी पत्रकारिता क्षेत्रका दुई अग्रज व्यक्तित्वप्रति सम्मान प्रकट गरिएको महासंघले जनाएको छ।

महासंघले अग्रज पत्रकारहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मृति संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar