सिम्ले दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

सिम्ले दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

  • Kandara Samachar

  • आइतवार, जेष्ठ १०, २०८३

  • 37
    SHARES
सिम्ले दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु

– नानु कार्की/धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका–७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठलाई उपचारका 

पठाइएकाेमा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा थप उपचारका क्रममा बिहान ८ः२३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रक चालक धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar