फरार हत्या आराेपित २२ वर्षपछि पक्राउ

फरार हत्या आराेपित २२ वर्षपछि पक्राउ

  • Kandara Samachar

  • आइतवार, जेष्ठ ३, २०८३

  • 37
    SHARES
फरार हत्या आराेपित २२ वर्षपछि पक्राउ

– विशम श्रेष्ठ /धादिङ  ।

धादिङ प्रहरीले २०६१ सालको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार  ज्वालामुखी गाउँ पालिका-४ (साविक खरी गाविस–५) मा भएको हत्या घटनामा संलग्न बुद्धबहादुर राना मगरलाई पक्राउ गरिएको हो ।

मिति २०६१ वैशाख १२ गते पञ्चावली पूजाको निम्तोमा गएको अवस्थामा लुद्रबहादुर फ्याली मगरमाथि समूहले कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनी फरार रहेका थिए ।

प्रहरीले ४४ वर्षीय बुद्धबहादुर राना मगरलाई नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई जिल्ला अदालत धादिङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि यसअघि नै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar