विषम श्रेष्ठ / गल्छी
नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिपरिषद सदस्य, मिडिया साेसाइटी धादिङका अध्यक्ष, धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीलाई मातृशोक परेको छ। अधिकारीका माता ७० वर्षीया देउती कुमारी अधिकारीको धादिङको गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित निवासमा आइतबार निधन भएको हो।
वि.सं. २०१३ चैत १८ गते जन्मिनु भएका देउती कुमारीको आइतबार दिउँसो ३ः३० बजे हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ। लामो समयदेखि दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित उहाँ अचानक हृदयघात भएपछि निधन भएको परिवारले जनाएको छ ।
स्वर्गीय देउती कुमारीको चार छोरा र एक छोरी छन् । उनीको पार्थिव शरीरको अन्त्येष्टि हिन्दु परम्परा अनुसार महेशदाेभानमा गरियाे छ।
उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ धादिङ, अनलाइन मिडिया सोसाइटी धादिङ, प्रेस चौतारी नेपाल लगायत विभिन्न संघ–संस्थाहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकाे छ, साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकाे छ।
पत्रकार अधिकारी पत्रकारिता क्षेत्रमा २२ वर्ष देखि सक्रिय रहँदै आउनु भएकाे छ ।