धरौटी जफत भएकाहरुको निर्वाचन खर्च अत्याधिक

धरौटी जफत भएकाहरुको निर्वाचन खर्च अत्याधिक

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १५, २०८३

  • 85
    SHARES
धरौटी जफत भएकाहरुको निर्वाचन खर्च अत्याधिक
oplus_8388610

सीताराम अधिकारी/ धादिङ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत धादिङ जिल्लामा उममेदवार भएर पनि धरौटी रकम समेत जफत भएका उम्मेदवारहरुको निर्वाचन खर्च भने उच्च देखिएपछि केका लागि खर्च गरे भन्ने प्रश्न उठ्न थालेको छ ।

धादिङका ४७ उम्मेदवारमध्ये एक सय भोटभन्दा कम मत ल्याउने २५ जना उम्मेदवार छन् । जसमध्ये ३८ मत प्राप्त गर्नुभएका धादिङ १ का राजेश भट्टराइले ३ लाख ४३ हजार ९८९ रुपैयाँ खर्च गनर्सभएको छ ।

सोही क्षेत्रका तपन उप्रेतीले २३ मत ल्याएर १ लाख रुपैयाँ निर्वाचन गर्नुभएको विवरण सार्वजनिक गर्नुभएको छ । धादिङ २ का नोरमान तामाङले १ लाख ३३ हजार २ सय खर्च गरेर १८ मत प्राप्त गर्नुभएको छ । ९ हजार ३६ मत ल्याउनु भएका रामबहादुर भण्डारीले८ लाख ५६ हजार ३५० रुपैयाँ निर्वाचन खर्च गर्नुभयो भने ८८६ मत ल्याउनुभएका अमिर तामाङले ५ लाख ९९ हजार निर्वाचन खर्च गर्नुभएको उहाँहरुले सार्वजनिक गर्नुभएको निर्वाचन खर्चमा उल्लेख छ । २६९ मत ल्याउनुभएका टासी लामा तामाङले ३ लाख ६८ हजार ५ सय निर्वाचन खर्च गर्नुभयो भने १ सय १६ मत ल्याउनुभएका देबेन्द्र गैरेले ३ लाख २२ हजार निर्वाचन खर्च भएको उल्लेख गर्नुभएको छ ।

दिनरात निर्वाचनमा धादिङ २ को सबै वडापालिका पुग्नुभएका रुद्रबहादुर गेलालले १० हजारमात्र खर्च भएको उल्लेख गर्नुभएको भने उहाँले २७ मत प्राप्त गर्नुभएको थियो । धादिङ १ का डम्बरबहादुर लिम्बुले १ लाख ५५ हजार निर्वाचन खर्च गरेर ६० मत ल्याउनुभयो । १ सय १६ मत ल्याउनुभएका कृष्णबहादुर तामाङले १ लाख ५७ हजार ८६ रुपैया निर्वाचन खर्च गर्नुभएको छ ।

१५ हजार ३२ मत ल्याउनुभएका भुमि त्रिपाठीले २१ लाख ९७ हजार, १० हजार ८० मत ल्याउनुभएका कृष्ण रिजालले जिल्लामा सबैभन्दाधेरै २९ लाख १३ हजार ४ सय निर्वाचन गर्नुभयाे भने सबैभन्दा बढीमत ३९ हजार १ सय २८ ल्याउनुभएका आशिका तामाङले १६ लाख २९ हजार ४ सय ९५ रुपैयाँ र १४ हजार ७ सय ९ मत ल्याउनुभएका राजेन्द्रप्रसाद पाण्डेले १७ लाख ४० हजार ८०८ रुपैयाँ निर्वाचन  खर्च गर्नुभएकाे निर्वाचन पछि सार्वजनिक गर्नुभएकाे छ ।

धादिङ १ मा ८० हजार ८४१ सदरमतमध्ये कुल १० प्रतिशत ८ हजार ८४ भन्दा कम मत ल्याउनेकाे मनाेनयन दर्ताका बखत राखिएकाे धराैटी रकम समेत जफत हुने कानूनि प्रावधान अनुसार १९ जनाकाे धराैटी जफत भयाे । आशिका तामाङ, भूमि त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे, र कृष्ण रिजालकाे धराैटी जाेगिएकाे छ ।

धादिङ २ मा ६९ हजार ७५१ सदरमतमध्ये कुल १० प्रतिशत ६ हजार ९७५ भन्दा कम मत ल्याउनेकाे मनाेनयन दर्ताका बखत राखिएकाे धराैटी रकम समेत जफत हुने कानूनि प्रावधान अनुसार २० जनाकाे धराैटी जफत भयाे ।  बाेधनारायण श्रेष्ठ, रमेश धमला, धनबहादुर घले र रामबहादुर भण्डारीकाे भने धराैटी जफत भएन ।

मत परिणाम घाेषणा भएकाे ३५ दिनभित्र  निर्वााचन खर्च सार्वजनिक गरि जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान भएपनि २ जना उम्मेदवारले अरझैपनि खर्च विवरण बुझाउनुभएकाे छैन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar