धादिङ ।
धादिङ जिल्लाबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम होराईजन खबर डट कम को भित्ते पात्रो २०८३ सार्वजनिक गरिएको छ। आइतबार नेपाल पत्रकार महासंघ धादिङको सभाहलमा आयोजित एक समारोहबीच पात्रो सार्वजनिक गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, अनलाइन मिडिया सोसाइटीका अध्यक्ष केशव अधिकारी, रेडियो बिहानीका स्टेशन म्यानेजर निर तामाङ तथा नेपाल रेडक्रस सोसाइटी धादिङका उपमन्त्री मिम्बा तामाङलगायत जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो।
समारोहमा वक्ताहरूले स्थानीय सञ्चारमाध्यमले सूचना प्रवाह, समाज रूपान्तरण तथा नागरिक सचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै होराईजन खबर डट कमले पनि धादिङको पत्रकारितामा सकारात्मक योगदान पुर्याउँदै आएको बताए।
भित्ते पात्रो सार्वजनिक कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।