आदमघाट दुर्घटनामा १२ जना घाइते

आदमघाट दुर्घटनामा १२ जना घाइते

  • Kandara Samachar

  • आइतवार, बैशाख १३, २०८३

  • 68
    SHARES
आदमघाट दुर्घटनामा १२ जना घाइते

-नानु कार्की/ धादिङ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका -६ आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ५ जनाकाे अवस्था गम्भीर छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश–०१–००६–ख–७२२१ नम्बरको माइक्रोबस आइतबार दिउँसो सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सुचना अधिकारी डिएसपि प्रकाश दहालले जानकारी दिनुभयाे ।

। दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइते यात्रुको उद्धार गरेका थिए। माइक्रोबसमा १४ जना थिए । दुइजनामात्र सकुशल रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य सात जनाको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार धादिङलगायत आसपासका क्षेत्रमा भइरहेको वर्षाका कारण सडक चिप्लो हुँदा माइक्रोबस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले सवारी आवागमन संचालनमा रहेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar