टोल विकास संस्था महासंघ धादिङबेसीमा नरबहादुर श्रेष्ठ पुनः निर्वाचित

टोल विकास संस्था महासंघ धादिङबेसीमा नरबहादुर श्रेष्ठ पुनः निर्वाचित

  • Kandara Samachar

  • आइतवार, बैशाख १३, २०८३

  • 92
    SHARES
टोल विकास संस्था महासंघ धादिङबेसीमा नरबहादुर श्रेष्ठ पुनः निर्वाचित

धादिङ

टोल विकास संस्था महासंघ धादिङबेसीको दोस्रो अधिवेशनबाट नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ।
“स्वच्छ शहर, धादिङबासीको रहर” भन्ने नारासहित धादिङबेसीमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष श्रेष्ठ, महिला उपाध्यक्षमा ईश्वरी श्रेष्ठ, महासचिवमा काजीमान रोक्का, सचिवमा राजन कोइराला तथा कोषाध्यक्षमा प्रेमनारायण श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा नेमबहादुर श्रेष्ठ, दीपककुमार भण्डारी, गुणप्रसाद सापकोटा, गीता अधिकारी, चमेली बगाले काप्री, भगवती खनाल र मिना अर्याल श्रेष्ठ रहनुभएको छ।
अधिवेशनमा नीलकण्ठ नगरपालिका क्षेत्रका ३७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साधारण सभाले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ। साथै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सुन्दर बस्ती टोल विकास संस्थालाई सम्मान गरिएको थियो।
उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले टोल विकास संस्था महासंघ र नगरपालिका एकअर्काका परिपूरक भएकाले आपसी समन्वय, सहकार्य र साझेदारीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी नीलकण्ठ नगर खानेपानी, सरसफाइ तथा स्वच्छता बोर्डका अध्यक्ष शिव अधिकारी, धादिङबेसी खानेपानी तथा मूल उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष हरिबहादुर श्रेष्ठ तथा महासंघका पूर्व अध्यक्ष कुमारबहादुर कार्कीले नगर क्षेत्रभित्र सहज खानेपानी आपूर्ति, सरसफाइ र व्यवस्थित शहरीकरणका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका सहभागीहरूले टोलस्तरमा हुने विकास निर्माण, सरसफाइ तथा सामाजिक सद्भाव कायम राख्न टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवगठित कार्यसमितिले महासंघलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar