बालिका बलात्कारका २ मुद्दामा कसुरदारलाई जनही १८ वर्ष कैद र ७ लाख क्षतिपूर्तिकाे फैसला

बालिका बलात्कारका २ मुद्दामा कसुरदारलाई जनही १८ वर्ष कैद र ७ लाख क्षतिपूर्तिकाे फैसला

  • Kandara Samachar

  • शुक्रबार, बैशाख ११, २०८३

  • 28
    SHARES
बालिका बलात्कारका २ मुद्दामा कसुरदारलाई जनही  १८ वर्ष कैद र ७ लाख क्षतिपूर्तिकाे फैसला

धादिङ

बालिका बलात्कारका दुई मुद्दाका कसुरदार ठहरिएका दुई जनालाई जनही १८ वर्ष कैद र ७ लाख पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ ।
१३ वर्षीया बालिका ०८१ फागुन १६ गते बलात्कार गरेको आरोपमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का २४ वर्षीय कमानसिंह पुलामी विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा फागुन १९ गते उजुरी दिएको थियो । फागुन २० गतेदेखि थुनामा रहेका पुलामी लाई जिल्ला अदालतले ०८३ बैशाख ९ गते जिल्ला न्यायधिस मनकुमारी जिएम विकको इजलासले बलात्कार मुद्दामा सजायाँ निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयो ।
कसुरदार पुलामीलाई १८ वर्ष कैद गरि पीडितलाई ७ लाख क्षतिपूर्ति दिने र पीडित राहतकोषमा २८ हजार जरिवाना स्वरुप जम्मा गर्न फैसला गरिएको छ । कसुरदार ०८१ चैत १० गतेदेखि जिल्ला कारागारमा पुरपक्षका लागि थुनामा छन् ।
यसैगरि बेनिघाटरोराङ गाउँपालिका–३ का ३२ वर्षीय जगतबहादुर कोइरालालाई १८ वर्ष कैद गरि पीडितलाई ७ लाख क्षतिपूर्ति दिने र पीडित राहतकोषमा २८ हजार जरिवाना स्वरुप जम्मा गर्न फैसला गरिएको छ ।
जिल्ला अदालतका न्यायधिस मनकुमारी जिएम विकको इजलासले ०८३ बैशाख ८ गतेको इजलासले १४ वर्षीया नाबालाक बलात्कार मुद्दामा यस्तो फैसला गर्नुभएको श्रेस्तेदार लुइटेलले जानकारी दिनुभयो ।
कोइरालाले ०८१ चैत १६ गते १४ वर्षीया नाबालक बलात्कार गरेकोले ०८२ असोज २३ गते पीडित पक्षले उजुरी गरेपछि कसुरदार थुनामा थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar