जातीय विभेद गर्ने वडा सदस्यलाई डेढवर्ष कैद

जातीय विभेद गर्ने वडा सदस्यलाई डेढवर्ष कैद

  • Kandara Samachar

  • बिहिबार, बैशाख १०, २०८३

  • 76
    SHARES
जातीय विभेद गर्ने वडा सदस्यलाई डेढवर्ष कैद

– विषम श्रेष्ठ /धादिङ

नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ ।
कुलोपानीको निहुँमा खेतमा पानी लगाउँदा विवाद भएपछि सोही स्थानका ३६ वर्षीय रामबहादुर विसुन्केलाई जातिय आधारमा विभेदपूर्ण शब्द प्रयोग गर्दै ०८२ असार १९ गते धम्की समेत दिएकोे भन्दै जिल्ला प्रहरी कार्यालय धादिङमा पीडित बिसुन्खेले भदौ १ गते उजुरी दिनुभएको थियो ।
जिल्ला अदालतमा भदौ १९ गते दर्ता भएको भेदभाव तथा जातीय छुवाछुत मुद्दामा आरोपित आरोपित वडा सदस्यलाई भदौ २० गते जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गरेको थियो ।
जिल्ला न्यायधिस मनकुमारी जिएम वि.क.को आदेशले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसूर र सजायाँ) ऐन २०६८ दफा ३ र ४ अनुसार “जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने” कानूनी प्रावधान बमोजिम कसुरदार पाठकले कसुर गरेको ठहर गर्दै एक वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गर्नुभएको छ । साथै वडा सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ६ महिना कैद र थप ५ हजार जरिवानागर्दै  गरि १८ महिना कैद फैसला गरिएको छ । कसुरदारबाट १ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar