गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन  अनि यज्ञ कुण्ड खनियो

गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन  अनि यज्ञ कुण्ड खनियो

  • Kandara Samachar

  • बिहिबार, बैशाख ४, २०८२

  • 99
    SHARES
गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन  अनि यज्ञ कुण्ड खनियो

पाेखरा ।

पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण  कार्यक्रम   सम्पन्न भएकाे छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा ६ को लेकसाइड क्षेत्रको बाराहीघाटमा स्थान परिवर्तन गर्नुपरेका कारण बाराहीघाटमा बिहान क्षमा पुजन सम्पन्न भएको छ ।
त्यस्तै पुनः ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ सञ्चालन हुने श्री शिद्धेश्वर हरिहर मन्दिरको भूमीमा बुधबार  बिहान ठीक ११ बजेर १ मिनेटमा भूमी पुजन गरिएको छ । नेपाल पञ्चाङ्ग विकास समिती नेपालले दिएको उत्तम शाइतमा नै भूमी पुजनको कार्य सम्पन्न भएको छ ।
त्यस्तै यज्ञ पनि खनिएको छ । आज ठीक ११ः११ बजे विधिवत रुपमा यज्ञ कुण्ड अनिएको हो ।
आज भएको उक्त भूमी पुजन कार्यक्रममा विभिन्न स्वामी ज्यू , पोखरा महानगरपालिका १७ का अध्यक्ष राधिका शाही,वार्ड नं. १७ मा रहेका विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधी अनि आमा समूहका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar