दुर्घटना राेक्न मापसेसंगै लापसे परिक्षण

दुर्घटना राेक्न मापसेसंगै लापसे परिक्षण

  • नानु कार्की

  • आइतवार, पुस २१, २०८१

  • 71
    SHARES
दुर्घटना राेक्न मापसेसंगै लापसे परिक्षण

धादिङ ।

धादिङको यात्रामा रहेका सवारी चालकहरु अब मापसे मात्र होइन लापसे (लागु पदार्थ सेवन) गरेर सवारी हाँकेको पाइएमा कारबाही पर्ने भएका छन् ।
सवारी दुर्घटनाको कारक बनीरहेको लागु पदार्थ सेवन गरेर सवारी हाँक्नेहरुलाई स्वास्थ्य परिक्षण तथा लागु पदार्थ सेवन परिक्षण कार्यक्रम आइतबारबाट सुरु गरिएको छ ।
सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि गरिएको मादक पदार्थ सेवन र लागु पदार्थ सेवन परिक्षण गरि सेवन गरेको पाइएमा आइतबारबाट कारबाही सुरु समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार पृथ्वीराजमार्गको जरेमा सवारी चालकको लापसे तथा मापसे जाँच गरेर सुरु गरिएको अभियान निरनतर आकस्मीक रुपमा चल्ने र यसले सार्वजनिक सवारीमा यात्रा गर्नेहरुको जिउधनको सुरक्षा हुने जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
कार्यक्रमको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ब्यानर खोलेर सुरुवात गर्नुभएको थियो ।
कार्यक्रलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले राजमार्गमा हुने अत्याधिक दुर्घटना कम गराउन लापसे परिक्षण गर्न स्थानीय सरकारको दायित्व अन्तरगत साझेदारीमा कार्यक्रम ल्याइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सवारी चालकहरुलाई लागु पदार्थ खायर सवारी नचलाउन आग्रह गर्दै मादक पदार्थ र लागु पदार्थ खाएर सार्वजनिक सवारी चलाउनेलाई सरकारले कडा कारबाही गर्ने बताउनुभयो ।
कार्यक्रम उद्घाटनको अबसरमा २५ सवारी चालकलाई गरिएको परिषणमा एक जना सवारी चालकले लागु पदार्थ सेवन गरि सवारी चलाएको फेला परेकोले चालकलाई नियन्त्रणमा लिएर सवरी साधनलाई गन्तब्य सम्म पठाउन बैकल्पीक चालक समेत व्यवस्था गरेको थियो । लापसे र मापसे परिक्षण राजमार्गको विभिन्न स्थानमा लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुलाई अकस्मिक रुपमा संचालन गरिने जनाइएको छ ।
सवारी दुर्घटनाको कारणमध्ये लागु पदार्थ सेवनपछि सवारी चलाउँदा भएको दुर्घटना र ज्यान गुमाउनेसंख्या समेत उल्लेख्य रहने गरेको तथ्यांक छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar