नेपाली काँग्रेसद्वारा बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण, ४ पालिकाले ५०/५० हजार दिने घाेषणा

नेपाली काँग्रेसद्वारा बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण, ४ पालिकाले ५०/५० हजार दिने घाेषणा

  • Kandara Samachar

  • सोमवार, भदौ २४, २०८१

  • 275
    SHARES
नेपाली काँग्रेसद्वारा बहिरा विद्यालयमा खाद्यान्न र झोला वितरण, ४ पालिकाले ५०/५० हजार दिने घाेषणा

धादिङ ।

नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ ।
१११ औँ विपि जयन्तीको अबसरमा नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेला लगायत खाद्य सामाग्री, ४३ जना विद्यार्थीा लागि झोला उपलब्ध गराएको हो ।
नेपाली काँग्रेस धादिङका सभापति तथा कृषि मन्त्री रामनाथ अधिकारीले झोला र खाद्यान्न वितरण गर्दै बहिरा ४३ जना विद्यार्थीको उज्ज्वल भविश्यको शुुभकामना व्यक्त गर्नुभयो ।
पार्टी कार्यालयमा नियमति रुपमा प्रवचन कार्यक्रम गर्ने नेपाली काँग्रेसले यस वर्ष भने बहिरा बालबालिकाका लागि सहयाृेग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।

सामाग्री वितरण कार्यक्रममा बागमति प्रदेश साम्सद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा,ङ, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामात्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभयो । ज्वालामूखी गाउँपालिकाले आवस्यक सामाग्री उपलब्ध गराउने भएको छ भने अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने बिपि जयन्तीको अवसरमा सामुहिक प्रतिवद्धता गर्नुभएको नेपाली काँग्रेसका नेता बिनोद तिमल्सीनाले जानकारी दिनुुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar