धादिङबेसबिाट उत्तरी क्षेत्रको सम्पर्क बिच्छेद, राजमार्गमा जताततै पहिरो  

धादिङबेसबिाट उत्तरी क्षेत्रको सम्पर्क बिच्छेद, राजमार्गमा जताततै पहिरो  

  • Kandara Samachar

  • मङ्लबार, भदौ ११, २०८१

  • 238
    SHARES
धादिङबेसबिाट उत्तरी क्षेत्रको सम्पर्क बिच्छेद, राजमार्गमा जताततै पहिरो  

रामहरी थापा /धादिङ
धादिङको उत्तरी क्षेत्रसंग सदरमुकामधादिङबेसीबाट सम्पर्क बिच्छेद भएको छ ।
धादिङबेसी तिप्लिङ सडक अन्तरगतको पुछारबजारमा रहेको एकमात्र कजवे पुल वर्षपछिको बाढीले भत्काएपछि सम्पर्क बिच्छेद भएको छ ।
धादिङबेसी र यस आसपास क्षेत्रमा साउनको पहिलो सातादेखि लगातार वर्ष भइरहेको छ । वर्षका कारण सानातातिना बाढी आएपनि पुछारबजारको थोपल खोलामा रहेको धादिङबेसी तिप्लिङ सडक अन्तरगतको कजवे पुल भत्केको थिएन । आइतबार साँझदेखि परेको अबिरल ठूलो वर्षले थोपलखोलामा आएको ठूलो बाढीका कारण पशुपति मन्दीर क्षृेत्रको भाग बगाएपछि सम्पर्क बिच्छेद भएको स्थानीय मिलन भण्डारीले बताउनुुभयो ।
वर्षका कारण उत्तरी धादिङतिर जाने सडकको ठाउँठाउँमा पहिरो आएको छ । दार्खाफेदीबाट माथीतिर जान सक्ने अवस्था नै छैन । दार्खाफेदा पुक्की पुल बन्दै गरेको भएपनि पुल निर्माण सकिएको छैन । सडकमाथीबाट बाढी र पहिरो आएपछि दार्खा, झार्लाङ, लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानमा एक महिना अघि देखि नै सडक बन्द भएपछि सो क्षेत्रका मानिसहरु पैदल हिडेर आवत जावत गर्न बाध्य छन् । तर सवारी साधनमा एक दिन पुगिने तिप्लिङमा थोपलखोलाको कजवै भत्किएपछि अब निर्माण नभएसम्म मानिसहरु पैदल हिडेर आवतजावत गर्नुपर्ने अवस्था आएको छ ।
धादिङबेसी साङकोष जोड्ने थोपल खोलाको पुल गणेश मन्दिीर नजिक ५ वर्षअघिदेखि बन्दै गरेपनि ठेकेदारले काम ढिलो गरेका कारण अझै सम्पन्न हुन सकेको छैन ।दुुइदिनदेखि धादिङका अधिकांश भागमा ठूला वर्ष भइरहेको छ । जसका कारण पहिरो जाने र साना तथा खहरे खोलामा समेत बाढीले गर्दा जनजिवन कष्टकर बनेको छ ।
पृथ्वीराजमार्गको धादिङ खण्डको मौवाखोला नौबिसे षेत्रमा एकसय भन्दा बढी पहिरो लडेको छ । मोटरसाइकलामा सवारी गर्न कठिन भएको छ भने पहिरो राजमार्ग ठाउँठाउँमा एकतर्फी संचालन छ ।
सिम्लेमा पानी नपर्दा समेत पहिरो लडेको छ । सलाङघाटमा राती पहिरो लडेपछि बिहानमात्र पहिरो पन्छाइएको छ । जोगिमारा मौवाखोला क्षेत्रमा पहिरो जताततै लडेको छ ।
मलेखुफुर्केखोला, छहरा क्षेत्रमा समेत ससाना पहिरो लडेकोले एकतर्फी यातायात संचालन भएको छ ।
घाटबेसी, बन्छेटार, बैरेनी, महेशदोभान, आदी क्षेत्रमा पहिरो आएको छ भने धेरै स्थानहरुमा लेदो भरिएर यातायात अवरुद्ध  भएको छ ।
दैनिक १२ हजारभन्दा बढी यातायात साधन संचालन हुने पृृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नौबिसे नागढुंगा क्षेत्रमा सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमै काम नगरेको र वर्षको समयमा हुनसक्ने जोखिम आँकल हुँदाहुँदै पनि वेवास्था गरेका कारण राजमार्गमा यातायात संचालमा कठिनाइ आएको हो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar