विपन्न विद्यार्थीलाई वडाअध्यक्ष अक्षयकाेषबाट शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थीलाई वडाअध्यक्ष अक्षयकाेषबाट शैक्षिक सामाग्री वितरण

  • Kandara Samachar

  • सोमवार, भदौ ३, २०८१

  • 25
    SHARES
विपन्न विद्यार्थीलाई वडाअध्यक्ष अक्षयकाेषबाट शैक्षिक सामाग्री वितरण

धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको पहलमा गठित वडा अध्यक्ष अक्षयकोषले ४५ जना गरीब बालबालिकालाई आइतबार विद्यालय सामाग्री वितरण गरिएकाे छ ।
नगरपालिका भित्रका विद्यालयहरुमा अध्यायन गर्ने अति विपन्न गरीबहरुलाई किताब, कापी, झाेला, जुत्ता विद्यालय पाेशाक वितरण गरिएकाे वडा अध्यक्ष अक्षयकोषका अध्यक्ष वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयाे ।
कापी, कलम, लुगा, झाेला अभावले पढ्नका लागि कठिनाइ भाेग्दै अाएकाहरुलाई बालबालिकालाई एक समाराेहका बिच सामाग्री वितरण गरिएपछि बालबालिका खुसी भएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरेको अन्नपूर्ण आधारभुत विद्यालयमा अति कठिनसंग अध्यायन गरिरहेका ७ जनालाई साे अबसरमा विद्यालय पाेशाक, कापी, कलम, जुत्ता समेतकाे सामाग्री उपलब्ध गराईएकाे छ ।
बाबुले एकवर्षअघि आत्महत्या गरेकाे र अामा परिवार पाल्न कुबेत गएपछि ७५ वर्षीया हजुरअामासंग बस्दै आएका ३ बालबालिका सहित ७ जनालाई वडा अध्यक्ष अक्षयकोषले सामाग्री उपलब्ध गराएकाे छ ।
विद्यालयले खाने खाजाकाे लागि विद्यालय अाउने
कक्षा १ का ६ वर्षीय रामशरण मिजार, उनका दाई ७ वर्षीय राजेन्द्र मिजार र ९ वर्षीया पार्वती मिजार च्याचिएकाे लुगामा विल्यालय अाउन बाध्य थिए । उनिहरु जस्तै ७ वर्षीय रबिन सुनार, ११ वर्षीया इन्दिरा मिजार, ९ वर्षीया संजिता मिजार र ५ वर्षीया अनुस्का सुनारलाई वडा अध्यक्ष अक्षयकाेषले अत्यावस्यक सामाग्री उपलब्ध गराएकाे थियाे ।

तिनघरेका विद्यार्थीले कठिन अवस्थामा विद्यालय अाउने समाचार कन्दरा समाचार डटकम मा प्रकाशन भएकाे थियाे । उनिहरुले कठिन अवस्था भाेगिरहेकाे समाचार न्यूजअफ नेपालमा “अभिभावक नभएपछि खाना खोज्दै गाउँतिर, च्यातिएको लुगामा विद्यालय” मा असार १५ गते शीर्षक समाचार प्रकाशन भएकाेले उनिहरुका लागि सहयाेग उपलब्ध गराइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
समाचार ईन्सेक अनलाइन साउन ४ गते “भोकै विद्यालय जानु पर्ने बाध्यतामा दलित समूदायका बालबालिका” प्रकाशन भएकाे थियाे ।
वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा रहेकाे काेषले हरेक वर्ष यस किसिमका समस्यामा रहेकाहरुलाई सहयाेग गर्दै अाएकाे काेषका सचिव विष्णुलाल श्रेष्ठले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar