कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ

कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ

  • Kandara Samachar

  • शुक्रबार, साउन ३२, २०८१

  • 137
    SHARES
कुटपिटबाट रिम्के सार्की हत्या आराेपमा दुइजना पक्राउ
प्रबिन रिजाल/धादिङ ।
धादिङकाे त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का रिम्के सार्कीकाे हत्या गरेकाे आराेपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएकाे छ ।
त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल र खहरेमा पसल गरि बस्ने नेत्रावती डबजाेङ गाउँ पालिका वडा नम्बर ५ पाैवाका ३२ वर्षीय भुवन श्रेष्ठ लाई कुटपिट गरि हत्या गरेकाे आराेपमा अनुसन्धानका लागि हिरासतमा लिएर घटनाकाे अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयाे ।
खहरे बजारमा जुत्ता सिउने पसल रहेकाे रिम्के सार्की ०८१ साउन १० गते साँझ माेटरसाईकलकाे साँचाे निहुमा भएकाे विवादमा धरेल र श्रेष्ठले छाती र गुप्ताङ्गमा निलडाम हुनेगरि कुटपिट गरि घाईते पारेकाे अवस्थामा घर पुगेकाे मृतककि श्रीमती कविता भुजेल सार्कीले बताउनुभएकाे छ ।
घटनापछि घाईतेले काम गर्न नसकि साउन २१ गते धादिङ अस्पताल लगिएकाेमा विरामी गम्भीर भएकाेले काठमाडौ रिफर गरेकाे थियाे ।
घटनामा सम्लग्न धरेलले अाफ्नाे मानिस टेकु अस्पतालमा छ भनी विरामी तेहि लगेपछि छाती र गुप्ताङ्गकाे घाउ निलडामकाे उपचार नगरेकाे र उनलाई रेबिज लागेकाे भनेर ईन्जेक्सन दिएका थिए । रिम्के सार्कीकाे साउन २२ गते मृत्यु भएकाे र आराेपितहरुलाई प्रहरीले साउन २७ गते पक्राउ गरि ७ दिनकाे म्याद थप गरेर हिरासतमा राखिएकाे सुचना अधिकारी समेत रहनु भएका मिश्रले बताउनुभयाे  । आराेपित धरेलले आफुहरुकाे कारण विरामी परेकाे भन्दै रिम्केलाई अस्पताल लानका लागि १२ हजार ५ सय रुपैयाँ समेत नगद दिएर पठाएकाे थियाे ।
खहरेबजारमा २०८० चैतमा एउटा कुकुरले टाेकेकाे रिम्केलाई साेहि समयमा धादिङ अस्पताल र टेकु अस्पतालमा एण्टीरेबिज सुई दिएकाे र नियमित काम गर्दै अाएकाे मृतककी श्रीमती कबिता भुजेल सार्कीले बताउनुभयाे । २२ गते मृत्यु भएका श्रीमान रिम्के सार्कीकाे ज्यान सम्बन्धि मुद्दामा श्रीमती कबिताले साउन २४ गते किटानी जाहेरी दिनुभएकाे थियाे ।
मृतकका श्रीमतीले न्यायका लागि जिल्ला प्रहरी कार्यालय धादिङ र मानवअधिकारकर्मीहरुसंग आग्रहगर्दै न्याय नपाएसम्म शिक्षण अस्पतालबाट शब नउठाउने बताउनुभएकाे छ ।
अनेकन बहाना गरेर कुटपिटबाट मृत्यु भएका मानिसकाे उपचार समेत प्रभावित पारिएकाेले न्याय मर्न दिन नहुने दलित अधिकारकाे क्षेत्रमा कार्यरत श्याम मगरातीले बताउनुभयाे ।
घाइते भएका मानिसकाे उपचारमा ल्याउँदा उपचार नगरि छातीमा शरिरमा निलडाम हुँदा समेत त्यसतर्फ उपचार नगरि आराेपितकाे पक्षमा लागेर बिरामीकाे मृत्यु भएकाे स्थानीय मानवअधिकार कार्यकर्ताहरुले बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar