नानु कार्की /धादिङ ।
पुर्ण खाेप घाेषणा भएकाे छ वर्षपछि धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिले धादिङ बेसीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभा आयोजना गरि धादिङलाई पूर्ण खोप सुनिश्चित गर्दै १५ वर्ष मुनिका बालबालिका सबैले खोप लगाएका प्रमाणित गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक सन्जु रायले पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र जिल्ला खोप समन्वय समिति अधयक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बिभुकुमार झालाई प्रदान गरी खोप सुनिश्चितता गरिएको थियो ।
१३ वटा रोगको विरुद्धमा धादिङ जिल्ला भरि प्रत्येक महिना २ सयद ५० वटा खोप केन्द्रबाट ४ हजार ७४० जना २ वर्षमुनिका बालबालिकालाई खोप सेवा प्रदान गरिएको छ ।
खाेप सेवाकाे सहज उपलब्धता र गुणस्तरिय खाेप सेवाको विस्तार सहज उपलब्धता एवम व्यापक उपभोगको कारण नै बालबालिकामा हुने रोगको दर कम भई सहस्राब्दी विकासको लक्ष्य हासिल हुनुका साथै दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोगी भूमिका निर्वाह झाले बताउनुभयाे । जिल्लाको १३ वटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चतता घोषणा गरे पश्चात जिल्लामा पनि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।
नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले वि सं २०६९ सालबाट पूर्णखोपको अवधारणा शुरु भएको हो ।
सोहि अवधारणा अनुरुप २०७४ साल पौष १६ गते धादिङ जिल्ला पुर्ण खोप जिल्ला घोषणा भई बिहिवार पुर्णखोप सुनिश्चिता प्रमाणिकरण भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयाे ।
हाल सबै स्थानिय तह पुर्णखोप सुनिश्चित भएपछि जेठ २८ गते प्रदेश स्तरिय खोप समन्वय समितिलाई पत्राचार गरि पुर्णखोप जिल्ला सुनिश्चितताको लागी अनुरोध गरेको थियाे
लक्षित उमेरका बालबालिकाले पुर्णखोप पाएको सुनिश्चितता गर्न स्थानीय स्तरबाटै खोप सेवाको योजना कार्यान्वयन, अनुगमन र मुल्याङकनमा अपन्त्व र नेतृत्व प्रदान गरि वैशाख महिनालाई खोज र खोप महिनाको रुपमा उपयोग गरि जनस्वास्थ्य कार्यालय धादिङको सहकार्य र समन्वयमा पूर्णखोप वडा पालिका सुनिश्चित भएकाे छ
२०७४ पुस १६ गते धादिङ जिल्ला पुर्ण खाेप घाेषणा हुँदा स्वास्थ्य मन्त्री दिपक बाेहाेरा र जिल्ला खाेप समन्वय समिति अध्यक्ष जगन्नाथ नेपाल सहभागी हुनुभई प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएकाे थियाे ।