रुबिभ्यालीकाे रबामा पहिराेले ५ घर क्षति, त्रिपाल समेत पाएनन् पिडितले

रुबिभ्यालीकाे रबामा पहिराेले ५ घर क्षति, त्रिपाल समेत पाएनन् पिडितले

  • Kandara Samachar

  • बुधबार, असार २७, २०८१

  • 67
    SHARES
रुबिभ्यालीकाे रबामा पहिराेले ५ घर क्षति, त्रिपाल समेत पाएनन् पिडितले

रामहरि थापा/धादिङ ।

रुबी भ्याली गाउँपालिकाको वडा नं.४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि ५ घरमा क्षति पुर्याउँनुका साथै २२ घर उच्च जोखिममा परेको छ ।
गाउँ माथीबाट अवाेइबाट सेर्तुङतर्फ सडक लगिएकाे बाटाे कोच्चोङ भिरमा पहिरो लडेछि गाउँ नै जाेखिममा परेकाे स्थानीय बासिकाे भनाइ छ ।
रबा क्षेत्रका एक पहिरो पीडित स्थानीयका अनुसार “सडक ट्रयाक भस्सिएर ठुलो पहिरोमा परिणत भएको छ । घरबार सबै छोडेर गोठको बास बिताइरहेका छौँ। बाढी पहिरो पीडितहरुलाई स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने र राहत उपलब्ध गराउन अनुरोध गरेका छन् ।”
पहिरोले सबै बालि नस्ट भएको समेत उनले बताए ।
पहिरोले साङ्कोस तिप्लिङ सडक विभिन्न ठाउँमा बाटो अवरोध भएको छ । हाल धादिङ वेशीबाट खनियाबासको तरमानेसम्म सवारी चलिरहेको छ । यसबाहेक क्षेत्रमा सडक अवरुद्ध छ ।
पहिराे गएकाे स्थानमा ५ घरमा क्षति पुगेकाे छ । उनिहरु बिस्थापित भएर नजिकै गाउमा अाश्रय लिएर बसेका छन् भने अन्य मानिसपनि घर छाडेर गाेठमा बसिरहेकाे स्थानिय विवेक तामाङले जानकारी दिनुभयाे ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले ५ घर क्षतिपुगेकाे जानकारी वडा अध्यक्षले दिएकाे बताउँदै अन्यघरमा क्षति नपुगेकाे बताउनुभयाे । पालिकाले त्रिपाल उपलब्ध गराउन अाग्रह गरिएकाे पाण्डेको भनाइ छ । पीडितहरुले भने स्थानीय सरकारले वास्ता नगरेकाे बताएका छन् ।
पीडितले त्रिपाल समेत नपाउँदा समस्यामा परेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar