मुद्दा जित्नुभन्दा कार्यान्वयन जटिल भएकाे मानवअधिकारकर्मीकाे भनाइ

मुद्दा जित्नुभन्दा कार्यान्वयन जटिल भएकाे मानवअधिकारकर्मीकाे भनाइ

  • Kandara Samachar

  • आइतवार, असार १७, २०८१

  • 109
    SHARES
मुद्दा जित्नुभन्दा कार्यान्वयन जटिल भएकाे मानवअधिकारकर्मीकाे भनाइ

धादिङबेसी

अदालतमा मुद्दा जित्न कठिन । याेे भन्दा जटिल त मुद्दा जितेपछि मुद्दाको कार्यान्वयन झनै जटिल रहेकाेले झन्झटिलाे प्रकृया हटाएर पीडित पक्षिय न्यायकाे पाटाेबाट काम गर्न धादिङका मानवअधिकारकर्मीहरुले भनाइ छ ।
इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ काे अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रममा आईतबार मानवअधिकार कार्यकर्ताहरुले न्याय पाएपछि कार्यान्वयन सहज बनाउन पहल गर्न आग्रह गर्नुभएकाे छ ।
जिल्ला समन्वय समिति उपप्रमुख कुलमान विश्वकर्माकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा ईन्सेक प्रतिनिधि सीताराम अधिकारीले अाधा वर्षकाे वर्षपुस्तकका लागि संकलित घटनाहरु वारे जानकारी गराउनुभयाे ।
सन् २०२४ जनवरी देखि जुन सम्म कारागारमा १ जनाकाे मृत्यु, बालिका बलात्कारका ८ ओटा, महिला बलात्कारका ५ ओटा, बलात्कार प्रयासका २ ओटा घरेलु हिंसाका ८ ओटा, बहुबिवाहका १ ओटा, बालक अपहरणकाे १ ओटा, अात्महत्या दुरुत्साहनका २ ओटा, विद्यार्थी कुटपिटका १ ओटा घटना, अपांग अधिकार उल्लंघनका १ ओटा घटनामा २७ महिला र ३ पुरुष पीडित भएकाे ईन्सेकले अभिलेखमा राखेकाे जनाएकाे छ ।
नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पर्याएकोले मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानून निर्माण गरि अघि बढ्नु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विकले बताउनुभयो ।
अधिवक्ता राधिका सापकोटाले मानवअधिकारको कुरा गर्दा पीडकलाई के सिधा दियो कस्तो ठाउँमा राखियो भन्ने गरिन्छ यसो नगरि पीडितको सुरक्षा संरक्षणमा सरकारले काम गर्नु पर्ने बताउनुभयो । अदालतबाट मुद्दा जितेपछि त्यो भन्दा चर्को रुपमा मुद्दा कार्यान्वयनमा जाँदा भएकोले यस्तो खालको झन्झटीलो व्यवस्था अन्त्य गरि नागरिकमैत्री प्रणाली अपाउने विषयमा मानवअधिकारको वकालत गर्न र सरकारले पीडित मैत्री सुनुवाई न्याय प्रणाली विकास गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले प्रहरीको थुनुवा कक्ष लगायतका प्रहरी अनुसन्धानको सबै क्षेत्र मानवअधिकार मैत्री भएको बताउँदै मानवअधिकार कर्मी संग प्रहरीले सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीले जनतको मानवअधिकारका लागि नागरिक समाज मिलेर संयुक्त रुपमा सुरक्षा र संरक्षण तथा प्रवध्र्दनको कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो ।
दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले जातिय आधारमा हुने विभेदको स्वरुप परिवर्तन भएकोले मानवअधिकारको सवालमा पनि अब यहि किसिमले पैरवी गर्ने कर्यक्रमहरु संचालन गनुपर्ने बेला भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले मानवअधिकार एउटाको मात्र विषय नभएकोले साझा सवालमा साझा अभियानका साथ अघि बढ्नु पर्ने र मानवअधिकार सम्बन्धी कार्यक्रम गर्नेहरुले एकिकृत कार्यक्रमरु पैरवीको रुपमा ल्याउनु पर्ने बताउनुभयो ।
अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा यन्सेक सम्बनधी विषयमा प्राप्त सुझावहरु कमयानुकुल ग्रहण गर्दै आगामी दिनमा इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक नयाँ विषय सुधारिएको हुने इन्सेक प्रतिनिधि अधिकारीले स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar