जताततै जाेखिम क्षेत्र छ, प्रतिकार्य याेजना छैन

जताततै जाेखिम क्षेत्र छ, प्रतिकार्य याेजना छैन

  • Kandara Samachar

  • शनिबार, जेष्ठ २६, २०८१

  • 20
    SHARES
जताततै जाेखिम क्षेत्र छ, प्रतिकार्य याेजना छैन

सीताराम अधिकारी/ धादिङ ।

मनसुन सुरु हुनै लाग्दा सबै स्थानीय सरकारले विपद प्रतिकार्य योजना बनाएर सोही अनुसारको तयारीमा बस्नु पर्ने हुन्छ तर धादिङका तिन पालिका बाहेक काँहीपनि विपद प्रतिकार्य योजनानै नभएको पाइएको छ ।
वर्ष लाग्न लाग्दा वर्षाका कारण हुने विपद र यसबाट नागरिकलाई जोगाउने योजना विपद प्रतिकार्य योजनामा हुनु पर्छ तर नीलकण्ठ, खनियाबास, र गल्छी बाहेकका पालिकामा विपद प्रतिकार्य योजना नै रहेको छैन ।
जोखिमको आँकलन भने गत वर्षको अवस्थालाई हेरेर पहिरो जाने स्थान, बाढीले प्रभावित हुने स्थानहरु पहिचान गरिएको छ । बेनिघाटरोराङ, सिद्धलेक, ज्वालामूखी, त्रिपुरासुन्दरी, गंगाजमुना, रुबीभ्याली, धुनीबेसी, थाक्रे लगायतका पालिकामा विपद प्रतिकार्य योना बनेको पाइएको छैन । कुनैपनि पालिकाले विपद प्रतिकार्ययोजना आफ्नो वेभसाइटमा राखेको पानि छैन ।
नीलकण्ठ नगरपालिकाले विपद प्रतिकार्ययोजना अध्यावधिक गरिरहेको छ । खनियाबास गाउँपालिकाले पनि विपद प्रतिकार्य योना बनाएको प्रमुख प्रशासकिय अधिकृत नवराज श्रेष्ठले जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बताउनुभएको छ ।
रुबीभ्याली, खनियाबास, गंगाजमुनाका धेरुे भागहरु पहिरोको उच्च जोखिममा रहेकोले गतवर्षदेखि प्रदेश सरकार र संघीय सरकारले दिने भनेको लागत साझेदारीका योनाहरुमा सहयोग नगरेका कारण पालिकाले विपद प्रतिकार्य अन्तरगत काम गर्न खोजेका लागत साझेदारीका कार्यक्रम गर्न नपाएको गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले बताउनुभयो ।
गंगाजमुना गाउँपलिकाको वडा नम्बर १ र २ का अधिकांश भुभाग पहिरोको उच्च जोखिममा रहेको क्षेत्रको रुपमा गतवर्षहरुदेखि नै पहिचान भएको क्षेत्र हो ।
ज्वालामूखी गाउँपलिकाले विपदपछि उद्धार गर्नका लागि र सहयोग गर्नका लागि सबै वडामा ५ पाँच जना नागरिकलाई तालिम दिएर जनशक्ति तयार गरेर राखेको छ । विपद व्यवस्थापन कोषमा रकम समेत राखिएको छ तर विपद प्रतिकार्ययोजना भने अध्यावधिक भएको छैन ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले संघीय सरकार, प्रदेश सरकारको जिम्मामा रहेका सबै मार्गहरु वर्षको कुनैपनि समयमा बन्द हुने अवस्थामा राख्न नपाइने, सबै किसिमका सरकारी नियकायले आफूले गर्नुपर्ने दायित्वबाट पंछिन नपाइने बताउँदै सबै निकाय र संघसंस्थाहरुलाई तयारी हालतमा रहन निर्देशन गर्दै स्थानीय सरकारलाई जनता जोगाउने योजना हित तयारी गर्न आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar