नेकपा एमाले गल्छीमा अत्याधिक मत सहित राजकुमार रिमाल विजयी (मत परिणाम समेत)

नेकपा एमाले गल्छीमा अत्याधिक मत सहित राजकुमार रिमाल विजयी (मत परिणाम समेत)

  • Kandara Samachar

  • आइतवार, जेष्ठ २०, २०८१

  • 652
    SHARES
नेकपा एमाले गल्छीमा अत्याधिक मत सहित राजकुमार रिमाल विजयी (मत परिणाम समेत)

सुदिप अधिकारी/नानु कार्की
धादिङ ।

नेकपा एमाले गल्छी गाउँपालिका कमिटिकाे दाेश्राे पालिका अधिवेशनले राजकुमार रिमाललाई अध्यक्षमा निर्वाचित गरेकाे छ ।
२ सय ३९ जना प्रतिनिधि रहेकाे अधसवेशनकाे निर्वाचनमा २ सय ९ जनाले मतदान गरेकाे नेकपा एमाले गल्छीकाे अध्यक्षमा रिमालले १ सय ६४ मत ल्याएर विजयी हुनुभएकाे हाे । अध्यक्षका प्रतिस्पर्धी अर्जुनलाल श्रेष्ठले २९ मत र रमेश नेपालले २० मत प्राप्तगर्नु भयाे ।
उपाध्यक्षमा रामशरण खतिवडा (अखिल) ले १ सय ५ मत ल्याएर निर्वाचित हुनुभयाे । प्रतिस्पर्दी कल्याण आचार्यले ६० मत र स्वस्ती श्रेष्ठले २६ मत प्राप्त गर्नुभयाे ।
सचिवमा विनेश तामाङले १ सय ६४ मत ल्याएर निर्वाचित हुनुभयाे । प्रतिस्पर्दी मिनबहादुर भण्डारीले २५ मत ल्याउनुभयाे ।
उपसचिवमा रामबहादुर विकले १ सय १० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्दी प्रेमप्रसाद अधिकारीले ८१ मत प्राप्त गर्नुभयाे ।
उपसचिवमा महिलातर्फ बिन्दा थापा सर्वसम्मत निर्वाचित हुनुभएकाे थियाे ।
नेकपा एमाले उपमहासचिव विष्णु रिमालले उद्घाटन गर्दै सहभागि भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताउनुभएको छ ।
उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न सकिने खालको भएको र एमाले सहभागि भएर बजेट ल्याएकोले यसलाई संसदले पास गर्ने बताउनुभएको छ ।
अहिलेको सत्ता समिकरण बामपन्थीहरुको भएको र यसले समाजवादको आधार समेत तय गर्दै अघि बढ्नु पर्ने भएकोले सत्ता समिकरण ०८४ सम्मै चल्ने बताउँदै रिमालले बर्तमान सरकारले जनताको पक्षमा प्रगतिशिल सुधारका कार्यक्रमहरु गर्दै अघि बढ्ने बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले एमालेको बलियो संगठन र जनताको लागि गरिने कार्यक्रमले गर्दा विपक्षीहरु आत्तिएकोले मिसन ०८४ अन्तरगत गल्छी गाउँपालिका एमालेमय हुने विश्वस व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले गल्छीमा कुनैपनि ताकतले एमालेलाई रोक्न नसक्ने बताउँदै एमालेले सुरु गरेका विकासका कार्यक्रम पुरा गर्न एमालेले मात्र सक्ने बताउनुभयो ।
नेकपा एमाले गल्छीका कार्यवहाक अध्यक्ष अर्जुनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेश कमिटिका सदस्य नरेश खतिवडा, जिल्ला कमिटि सदस्य तथा गल्छी गाउँपलिका अध्यक्ष केदार खतिवडा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले दलित, महिला, युवा समेत सहभागि गराएर नर्या कार्यसमितिको निर्वाचन गर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar