साङकाेषका पुराना नाै जना एमाले नेताहरु सम्मानित

साङकाेषका पुराना नाै जना एमाले नेताहरु सम्मानित

  • Kandara Samachar

  • आइतवार, जेष्ठ २०, २०८१

  • 380
    SHARES
साङकाेषका पुराना नाै जना एमाले नेताहरु सम्मानित

धादिङ

नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकाेषकाे वडा अधिवेशनकाे अबसरमा ९ जना पुराना नेताहरुलाई सम्मानित गरेकाे छ ।
पंचायती व्यवस्थाकाे विरुद्ध तत्कालीन नेकपा माले कालदेखि राजनीति गर्दै आफ्नाे जिवनकाे उत्तरार्धमा पुगेका नेताहरूलाई सम्मानित गरेकाे हाे ।
संकाेषका तत्कालीन नेकपा मालेका संस्थापक जनकराज ढकाल, खीलनाथ रिजाल, ताेयानाथ अर्याल, पुराना नेताहरु यदुकुमार दुवाडी, खीलकुमारी घिमिरे, षडानन्द ढकाल, डिल्लीप्रसाद घिमिरे, कृष्ण कुमार श्रेष्ठ र झंकनारायण श्रेष्ठलाई सम्मानित गरेको नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का ईन्चार्ज गीता खनाललेे बताउनुभयाे ।
दाेसल्ला ओडाएर सम्मान पत्र प्रदान गरि सम्मानित गरिएकाे थियाे ।
आफ्नाे जीवन नेकपा माले हुँदै नेकपा एमालेमा समर्पण गर्नुभएका पुराना नेताहरु उमेर ६० काटेकाे भएपनि अझै सक्रियताका साथ समर्पित हुनुभएकाे छ ।
पंचायती निरंकुश शासन विराेधी कम्युनिष्ट कार्यकर्ता र सेल्टरदाता समेत बनेर भुमिगत राजनीति गर्नुभएका नेताहरुले बहुदल आएपछिपनि कठिन संघर्षर परिश्रम गरेर पार्टीलाई अब्बल बनाएकाेमा एमालेले धन्यवाद समेत दिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar