खानेपानीमा अवराेध नगर्न जिल्ला अदालतकाेे आदेश

खानेपानीमा अवराेध नगर्न जिल्ला अदालतकाेे आदेश

  • Kandara Samachar

  • आइतवार, जेष्ठ २०, २०८१

  • 126
    SHARES
खानेपानीमा अवराेध नगर्न जिल्ला अदालतकाेे आदेश

नानु कार्की /धादिङ ।

खानेपानी पहिलाे उपभाेगकाे अधिकार भएकाे खानेपानीमा अवराेध नगर्न र निर्वाध उपभाेग गर्न दिनका लागि जिल्ला अदालत धादिङले निषेधाज्ञा सम्बन्धि एक मुद्दामा अन्तरिमकालिन आदेश जारी गरेकाे छ ।
सिद्धलेक गाउँ पालिका वडा नम्बर ४ भेडाबारी, छापगाउँ र खुर्सानीटार लगायत १ सय १५ घरधुरीले परापुर्व कालदेखि खानेपानी प्रयाेग गर्दै आएकाेमा ०८० चैत देखि केही व्यक्तिले पानी बन्दगरि खाेलाे समेत अन्यत्र फर्काएपछि उपभाेक्ताले ०८१ जेठ १६ गते जिल्ला अदालतमा अन्तरिम आदेश सहित निषेधाज्ञा जारी गरि उपभाेक्ताकाे अधिकार स्थापित गर्न निवेदनपत्र चढाएकाे थियाे ।

जिल्ला न्यायधिस गोपालप्रसाद बास्तोलाको इजलासले परापूर्वकालदेखि सो मुहानबाट खानेपानी प्रयोग गर्दै आएको भन्ने देखिएको र खानेपानीले पहिलो प्राथमिकता पाई त्यसपछि मात्र सिंचाइ वा जलश्रोतका अन्य कार्य गर्न मिल्ने हुँदा दुुबैपक्ष राखी छलफल गराउनुउचित भएकोले छलफलको दिनसम्म उपभोग गरि आएको खानेपानी आपूर्तिमा कुनै अवरोध नगर्ने, बिना रोकटोक पानी उपभोग गर्न दिनुु भनि विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ ।
जिल्ला अदालतले खानेपानीमा अवराेध नगर्न बिनाराेकताेक पानी उपभाेग गर्न दिनु भनी विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश जारी गरेकाे छ ।
खानेपानीको पाइपबाट र खोला नै बन्द गरि पानी बन्द गर्ने हिराबहादुर विक समेतलाई जिल्ला अखालतले जेठ २८ गते दुुबैपक्षलाई छलफलका लागि उपस्थित हुन विपक्षीहरुका नाममा ततकल सूचना दिन समेत निषेधाज्ञाको अन्तरिमकालिन आदेशमा उल्लेख छ ।
चैतदेखि नै पानी नपाएका उपभोक्ताहरुले भने गाउँमा अन्य श्रोतबाट ल्याएको थोरै पानी एकएक गाग्री बाँडेर खानेपानी उपभोग गर्न बाध्य भएकोले आफूहरु न्याय खोज्दै जिल्ला अदालतको ढोका ढकढक्याएको उपभोक्ता होमबहादुर थापामगरले नेपाल समाचारपत्रलाई बताउनुुभयो ।
गाउँबासीले ०५६ सालमा नेपाल सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषको सहयोगमा साउण्ड नेपाल नामक सामाजिक संस्थाको प्राविधिक सहयोगमा भेडाबारी ग्रामीण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरि गाउँभन्दा ३ किलोमिटर माथी बाट पानी ल्याएर निर्विवाद उपभोग गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापामगरले बताउनुुभयो ।
उपभाेक्ताकाे पहिलाे अधिकार स्थापित गर्नका लागि बादीकाे तर्फबाट मुद्दामा सहयाेग गरेकाे अधिवक्ता ताेलाकुमारी पाठकले बताउनुभयाे ।
अदालतको अन्तरिम आदेशपछि तत्काल विपक्षी हिरराबहादुर विक समेतको नाममा सुचना दिई म्याद तामेल भएकाे श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar