सत्ता समिकरणले ल्याएको बजेट पास गर्छौँ ः उपमहासचिव रिमाल

सत्ता समिकरणले ल्याएको बजेट पास गर्छौँ ः उपमहासचिव रिमाल

  • Kandara Samachar

  • आइतवार, जेष्ठ २०, २०८१

  • 232
    SHARES
सत्ता समिकरणले ल्याएको बजेट पास गर्छौँ ः उपमहासचिव रिमाल

सुदिप अधिकारी/धादिङ ।
नेकपा उमाले उपमहासचिव विष्णु रिमालले नेकपा एमाले सहभागि भएको सत्ता समिकरणले ल्याएको बजेट पास गर्ने बताउनुभएको छ ।
नेकपा एमाले गल्छी गाउँपलिका कमिटिको दोश्रो अधिवेशनको गल्छीमा उद्घाटन गर्दै एमाले उपमहासचिव रिमालले बजेट पूर्ण नभएपनि जनताको पक्षमा काम गर्न सकिने खालको भएको र एमाले सहभागि भएर बजेट ल्याएकोले यसलाई संसदले पास गर्ने बताउनुभएको छ ।
अहिलेको सत्ता समिकरण बामपन्थीहरुको भएको र यसले समाजवादको आधार समेत तय गर्दै अघि बढ्नु पर्ने भएकोले सत्ता समिकरण ०८४ सम्मै चल्ने बताउँदै रिमालले बर्तमान सरकारले जनताको पक्षमा प्रगतिशिल सुधारका कार्यक्रमहरु गर्दै अघि बढ्ने बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले एमालेको बलियो संगठन र जनताको लागि गरिने कार्यक्रमले गर्दा विपक्षीहरु आत्तिएकोले मिसन ०८४ अन्तरगत गल्छी गाउँपालिका एमालेमय हुने विश्वस व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले गल्छीमा कुनैपनि ताकतले एमालेलाई रोक्न नसक्ने बताउँदै एमालेले सुरु गरेका विकासका कार्यक्रम पुरा गर्न एमालेले मात्र सक्ने बताउनुभयो ।
नेकपा एमाले गल्छीका कार्यवहाक अध्यक्ष अर्जुनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेश कमिटिका सदस्य नरेश खतिवडा, जिल्ला कमिटि सदस्य तथा गल्छी गाउँपलिका अध्यक्ष केदार खतिवडा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले दलित, महिला, युवा समेत सहभागि गराएर नर्या कार्यसमितिको निर्वाचन गर्ने छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar