बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ १८, २०८१

  • 140
    SHARES
बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

नानु कार्की/धादिङ

१३ वर्षीया बालिका बलात्कार (जबर्जस्ती करणी ) गरेकाे कसुरमा गजुरी गाउँपालिका-४ का ३७ वर्षीय साेमलाल भन्ने शम्भुलाल तामाङलाई जिल्ला अदालत धादिङले ०८१ जेठ १७ गते १८ वर्ष कैद गरि ५ लाख जरिवाना गर्ने सजायाँको फैसला गरेकाे छ ।
जिल्ला न्यायधिस गीता श्रेष्ठकाे इजलासले कसुरदारबाट असुल गरिएकाे रकममध्ये ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएकाे जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताउनुभयाे
१३ वर्षीया बालिकालाई ०८० असार ३ गते बलात्कार गरेको भन्दै गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल तामाङविरुद्ध पीडित पक्षले ०८० असार १० गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई ०८० असार ९ गते गिरफ्तार गरि मुद्दा चलाएकाे थियाे । बालिकाको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा भयो । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा आरोपितविरुद्ध जिल्ला अदालतमा ०८० साउन २ गते गते जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गर्योे । जिल्ला अदालतको साउन २ गते गतेको आदेशले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएकाेमा मुद्दा०८१ जेठ १ गते कसुर कायम गरेकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar