बिना राेकताेक खानेपानी उपभाेग गर्न दिनु : धादिङ जिल्ला अदालत

बिना राेकताेक खानेपानी उपभाेग गर्न दिनु : धादिङ जिल्ला अदालत

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ १८, २०८१

  • 542
    SHARES
बिना राेकताेक खानेपानी उपभाेग गर्न दिनु : धादिङ जिल्ला अदालत

धादिङ ।
जिल्ला अदालत धादिङले निषेधाज्ञा सम्बन्धि एक मुद्दामा अन्तरिमकालिन आदेश जारी गर्दै बिनाराेकताेक पानी उपभाेग गर्न दिनु भनी विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश जारी गरेकाे छ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर ४ भेडाबारी, छापगाउँ र खुर्सानीटार लगायत १ सय १५ घरधुरीले परापुर्व कालदेखि खानेपानी प्रयाेग गर्दै अाएकाेमा ०८० चैत देखि केही व्यक्तिले पानी बन्दगरि खाेलाे समेत अन्यत्र फर्काएपछि उपभाेक्ताले ०८१ जेठ १६ गते जिल्ला अदालतमा अन्तरिक अादेश सहित निषेधाज्ञा जारी गरि उपभाेक्ताकाे अधिकार स्थापित गर्न निवेदनपत्र चढाएकाे थियाे ।
जिल्ला न्यायधिस गोपालप्रसाद बास्तोलाको इजलासले परापूर्वकालदेखि सो मुहानबाट खानेपानी प्रयोग गर्दै आएको भन्ने देखिएको र खानेपानीले पहिलो प्राथमिकता पाई त्यसपछि मात्र सिंचाइ वा जलश्रोतका अन्य कार्य गर्न मिल्ने हुँदा दुुबैपक्ष राखी छलफल गराउनुउचित भएकोले छलफलको दिनसम्म उपभोग गरि आएको खानेपानी आपूर्तिमा कुनै अवरोध नगर्ने, बिना रोकटोक पानी उपभोग गर्न दिनुु भनि विपक्षीहरुका नाममा आदेश जारी गरिएको छ । खानेपानीको पाइपबाट र खोला नै बन्द गरि पानी बन्द गर्ने हिराबहादुर विक समेतलाई जिल्ला अखालतले जेठ २८ गते दुुबैपक्षलाई छलफलका लागि उपस्थित हुन विपक्षीहरुका नाममा ततकल सूचना दिन समेत निषेधाज्ञाको अन्तरिमकालिन आदेशमा उल्लेख छ ।
चैतदेखि नै पानी नपाएका उपभोक्ताहरुले भने गाउँमा अन्य श्रोतबाट ल्याएको थोरै पानी एकएक गाग्री बाँडेर खानेपानी उपभोग गर्न बाध्य भएकोले आफूहरु न्याय खोज्दै जिल्ला अदालतको ढोका ढकढक्याएको उपभोक्ता होमबहादुर थापामगरले बताउनुुभयो ।
गाउँबासीले ०५६ सालमा नेपाल सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषको सहयोगमा साउण्ड नेपाल नामक सामाजिक संस्थाको प्राविधिक सहयोगमा भेडाबारी ग्रामीण खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरि गाउँभन्दा ३ किलोमिटर माथी बाट पानी ल्याएर निर्विवाद उपभोग गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापामगरले बताउनुुभयो ।
अदालतको अन्तरिम आदेशपछि तत्काल विपक्षी हिरराबहादुर विक समेतको नाममा सूचना समेत अदालतले पठाउने श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुुभएको छ ।
जनताकाे खानेपानीको अहिकारका लागि न्याय दिन अाफुले सघाएकाे अधिवक्ता ताेलाकुमारी पाठकले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar