थाक्रेकाे अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत

थाक्रेकाे अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत

  • Kandara Samachar

  • बुधबार, जेष्ठ १६, २०८१

  • 114
    SHARES
थाक्रेकाे अध्यक्षमा गणेशमान वाईवा सर्वसम्मत

प्रविन रिजाल /धादिङ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनले गणेशमान वाईवालाई अध्यमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएकाे छ ।
गाउँ पालिका कमिटी उपाध्यक्षमा श्यामसुन्दर थापा, सचिवमा दिलिप पाैडेल, उपसचिवमा केशव प्याकुरेल र कविता भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । यसैयरि लेखा समिति संयाेजकमा मुकुन्द रेग्मी निर्वाचित हुनुभएकाे छ ।
७० सदसिय गाउँ पालिका कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशतभन्दा बढी युवा, दलित जनजाति समेत समावेश भएकाे जिल्ला कमिटी उपसचिव उर्मिला रेग्मीले जानकारीदिनुभयाे ।
एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गर्दै
कामपन्थी पार्टीहरु विच कामका हिसावले पार्टी एकता हुने बताउनु भयो ।
एमाले जनताको काम र देश विकासको अभियानमा रहेकाले देशमा काम गर्ने राजनितिक दलहरुसँग मात्र पार्टी एकताको पक्षमा रहेको उहाँको भनाई छ ।
अहिले सरकारमा सहभागी रहेका कम्युनिस्ट पार्टीहरु वीच यहि आधारमा एकता सम्भव नरहेको उहाले बताउनु भयो ।
समाजवादीमाेर्चा बनाउने कुरामा एमाले सहमत नहुने बताउनुभयाे ।
कार्यक्रममा नेकपा एमाले धादिङ जिल्ला इन्चार्ज धर्मदत देवकोटा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, केन्द्रिय सदस्य जानुका सिम्खडा, जगन्नाथ नेपाल लगायतले अधिवेशनको शुभकामना दिनु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar