अवरुद्ध राजमार्ग बाह्रघण्टापछि खुल्याे

अवरुद्ध राजमार्ग बाह्रघण्टापछि खुल्याे

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १५, २०८१

  • 137
    SHARES
अवरुद्ध राजमार्ग बाह्रघण्टापछि   खुल्याे

सुदिप अधिकारी /धादिङ ।

वर्षाकाे कारण अवरुद्ध पृथ्वी राजमार्गकाे गल्छी खण्डकाे यातायात बाह्रघण्टापछि एकतर्फी संचालनमा आएकाे छ ।
रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेर खानेकुरासमेत अभाव भएकाे थियाे ।
ठेकेदार कम्पनी र सरकारी स्काभेटरकाे सहायताले लेदाे हटाएपछि एकतर्फी संचालनमा आएकाे हाे ।
गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्ने साे स्थानमा सडक विस्तारकाे क्रममा माटाे भर्ने र गर्दाे खाेलामा पुल निर्माणकाे काम भैरहेकाे अवस्थामा वर्षापछि सडक क्षतिपुगेर अवरुद्ध भएकाे थियाे ।
रातिदेखिकाे मनसुनी वर्षाले सडकमा क्षति पुर्याएकाे र माटाे लेदाे बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएकाे थियाे ।
राजमार्गकाे यात्रा गर्दा सडककाे बारेमा पुर्व सुचना लिएर मात्र यात्रा गर्न निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकालले अाग्रह गर्नुभयाे ।
सडक विस्तारका क्रममा सडक उत्खनन्, पुल निर्माण गर्दा सडक समेतमा वर्षापछिकाे गर्दाेखाेला बाढीले क्षतिपुर्याएकाे, लेदाे जमेर वारपार गर्न नसकिएकाेले यात्रुले सास्ती ब्यहाेरेका छन् । रातिदेखि राजमार्ग बन्द भएपछि दुबैतर्फ १० किलाेमिटर लामाे सवारी साधनकाे जाम लागेकाे थियाे ।
ठेकेदार कम्पनीले सडक सफा गर्ने र लेदाे हटाउने कार्य गरिरहेकाे बताएकाे छ । तर सवारी चाप र निरन्तर वर्षाले गर्दा सम्भव भएकाे छैन ।
स्थानीय प्रशासनले सडक नखुलेसम्म धैर्य गर्न र सडककाे अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सम्वन्धित सबैमा अनुराेध गरेकाे छ ।
साना सवारी र माेटरसाईकल समेत पार गर्न नसकिने अवस्थामा छ भने अत्यावस्यक सवारीलाइ गल्छीबाट कल्लेरीटार हुँदै अादमघाट निस्कने बाटाे प्रयाेग गर्न लगाईएकाे छ ।
ठेकेदारले वर्षाअघि बाटाेमा ग्राभेल हालेर अग्लाे बनाउने कार्य गर्ने भनेपनि काममा ढिलाई भएका कारण यात्रुले मार खेपेका हुन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar