एमाले ‘कामपन्थी’ एकताको पक्षमा छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले ‘कामपन्थी’ एकताको पक्षमा छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १५, २०८१

  • 201
    SHARES
एमाले ‘कामपन्थी’ एकताको पक्षमा छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

प्रविन रिजाल/नानु कार्की
धादिङ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले समाजवादी मोर्चाको पक्षमा नरहेको बताउँदै बामपन्थी एकता भनेर घोर दक्षिणपन्थीको पृष्ठपोषण गर्नेखालको बामपन्थी एकता नगर्ने बताउनुभएको छ ।
नेकपा एमाले थाक्रे गाउँपलिकाको दोश्रो पालिका अधिवेशनको उद्घाटन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले ‘कामपन्थी’ एकताको पक्षमा रहेकोले काम गरेर सबैसंग कामको आधारमा एकाता मोर्चा बनाउने बताउनुभएको छ ।
सुतेको दक्षिणपन्थीलाई कोट्याएर, उठाएर स्थापित गराउने खालको कुनैपनि समाजवादी नामगरेको मोर्चा एमालेको लागि अमान्य भएको पोखरेलको भनाइ छ । मिसन ८४ मा एमालेले मात्र बहुमत ल्याउने दावी गर्दै एमालेले बहुमत नल्याएमा देश र जनताको भविश्य बरबाद हुने व्याखा गर्नुभयो ।
नेकपा एमालेले गत निर्वाचनको समिक्षा चियापसलमा बैरीलाई हसाएर नगरी पार्टी कार्यकर्ताहरु बसेर गर्नुपर्ने र वष्तुनिष्ठ समिक्षामा पार्टीको नेतृत्वको समेत समिक्षा गरेर आगामी कार्ययोजना बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
पार्टी नेतृत्व निर्माण गर्दा जोरबिजोर गर्ने, छिर्के हान्ने प्रवृत्तिको अन्तय गरेर स्वस्थ रुपमा नेतृत्व निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले नेकपा एमालेले मिसन ८४ मात्र नभइ विकास र समृद्धिको खाका सहित पार्टी संगठन निर्माणमा लाग्नु पर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले धादिङ एमालेको उर्वर भूमि भएको र जनताले विकासका लागि एमाले नै रुचाएको बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar