दुई पालिकामा अनेमसंघ अधिवेशन, ९ वडा कमिटि गठन

दुई पालिकामा अनेमसंघ अधिवेशन, ९ वडा कमिटि गठन

  • Kandara Samachar

  • आइतवार, जेष्ठ १३, २०८१

  • 205
    SHARES
दुई पालिकामा अनेमसंघ अधिवेशन, ९ वडा कमिटि गठन

धादिङका अधिकांश वडा र पालिकामा एमालेको एकैदिन कार्यक्रम
सुदिप अधिकारी/नानु कार्की
धादिङ ।

नेकपा एमाले यसका भातृ संगठनले वडा र टोलटोलमा एकै दिन कार्यक्रम आयोजना गरेको पाइएको छ ।
नेकपा एमाले गल्छीको वडा नम्बर १, २, ३, ४, ६, ७ वडामा वडा अधिवेशनहरु संचालन गरि जेठ १९ गते उद्घाटन हुने पालिका अधिवेशनको तयारी गरेको छ भने १ देखि ८ नम्बर वडामा पालिका अधिवेशनको प्रतिनिधि छनौट गरेको र कार्यक्रमहरु भव्यताका साथ सकिएको पालिका कमिटि सचिव राजकुमार रिमालले जानकारी दिनुुभएको छ ।
गल्छी गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशनको नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको थियो ।
गल्छी वडा नम्बर ६ को वडा कमटि अध्यक्षमा चन्द्रबहादुर अधिकारी, ७ को रामबाबु खड्का, १ को अध्यक्षमा सुदन खतिवडा, २ को अध्यक्षमा बाबुकाजी श्रेष्ठ, वडा नम्बर ३ को अध्यक्षमा यादव सिग्देल, ४ को अध्यक्षमा सूूर्यबहादुर अधिकारी निर्वाचित हुनुुभएको छ ।
थाक्रे गाउँपालिकामा पालिका कमटिको सचिवालय बैटक बसी नेकपा एमाले वरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले जेठ १५ गते उद्घाटन गर्ने पालिका अधिवेशनको तयारी गरिएको छ ।
अनेमसंघ थाक्रेको अधिवेशन सम्पन्न गरि एसोदा बिडारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
धुनीबेसी नगरपालिका वडा नम्बर १ र ३ को वडा कमिटि बैठक बसी वडा अधिवेशनको तयारी गरिएको छ ।
गजुरी गाउँपालिका कमिटिको दोश्रो अधिवेशन पछिको पहिलो बैठक बसी हालै निर्वाचित पालिका कमिटिलाई केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले वितर(ण गर्नुभयो ।
सिद्धलेक गाउँपलिकामा अनेमसंघको पालिका अधिवेशन सम्पन्न भएको छ । अम्बिका सिलवालको अध्यक्षतामा पालिका कमिटि समेत सर्वसम्मत निर्वाचित गरिएको छ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ वडा अधिवेशन सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन उद्घाटन भएको छ । वडा कमटि अध्यक्षको निर्वाचन जेठ १५ गते गर्ने वडा कमिटि इन्चार्ज दिनेशभाइ अधिकारीले जानकारी दिनुुभयो ।
गंगाजमुना गाउँपालिका वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar