पृथ्वीराजमार्ग खन्दा बैरेनीमा दुई घर चर्किपछि विस्थापित

पृथ्वीराजमार्ग खन्दा बैरेनीमा दुई घर चर्किपछि विस्थापित

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ७, २०८१

  • 277
    SHARES
पृथ्वीराजमार्ग खन्दा बैरेनीमा दुई घर चर्किपछि विस्थापित

सुदिप अधिकारी /धादिङ ।

नाैबिसे मुगलिन सडक खण्डमा पर्ने पृथ्वी राजमार्गको बैरेनीमा खडक भित्ता खार्ने क्रममा जाेखिम बढेपछि २ घर परिवार विस्थापित भएको छ ।
गल्छी गाउँपालिका वडा न ६ भट्टटारका दुई परिवार बिस्थापित भएका हुन् ।
बैरेनी स्वास्थ्य चौकी अगाडी रहेको पृथ्वीराजमार्गको भित्ता खार्ने क्रममा सडक भन्दा माथि पट्टी रहेको घरमा धाजा फाटेपछि निजहरुलाईअन्यत्र घर सार्नुपरेको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताउनु भयो ।
सडक भित्ता पट्टीको भाग खार्न लाग्दा भट्टटार निवासी धन बहादुर तामाङ र राजेश परियारको घर चर्किएको छ ।
आँगन र बारीमा धाँजा फाटेकाे छ । राजमार्गको भित्तामा ठुलाे कान्लाे हुनेगरि खारिएकाे र पहिलेदेखि कमजाेर जमिन लड्ने अवस्थामा पुगेकाे छ ।
उनिहरुलाई नजिकै अन्य घरमा सुरक्षित राखिएको र हाल सडकको भित्ता खार्ने काम रोकिएको पनि अध्यक्ष खतिवडाले जानकारी दिनु भयो ।
पीडित परिवारले क्षतिपुर्ति उपलब्ध गराउन र अाफुलाई सुरक्षित राख्न व्यवस्था मिलाईदिन गाउँ पालिका कार्यालयमा निवेदन समेत दिएका छन् ।
घटनापछि सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनी र भुगर्वविद टोलीले स्थलगत अध्ययन गरेर क्षतीको सम्बोधन गर्ने बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar