विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ७, २०८१

  • 121
    SHARES
विद्यालय पदाधिकारीहरुको क्षमता विकास तालिम

धादिङ ।
खनियाबास गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाकिारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम भएको छ ।
तालिम उद्घाटन सत्रको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष रण बहादर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिममा २४ वटा सामुदायिक विद्यालयका २८ जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रण कहादुर तामाङले खनियाबास गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । त्यसै गरि निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको भुमिका अपरिहार्य भएकोले क्षमता विकास तालिम संचालन गर्न आवश्यक भएको बताउनु भयो ।
तालिमको सहजीकरण तथा प्रशिक्षण सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिका महासचिव श्याम बहादुर मगरातीले गर्नुभयाे । विद्यालयमा अभिभावक सहभागिता किन र कसरी, विद्यालय व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापनका सवालहरु, विद्यालयको सामाजिक लेखा परीक्षण, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनाका कारणहरु र गुणस्तर सुधारका लागि गर्न सकिने पहल तथा कदमी लगायतका विषयहरुमा छलफलर सहजिकरण गरिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar